सिटिजन्स् बैंकको संचालकमा सुदेश खालिङ नियुक्त

काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेसनलको संचालकमा सुदेश खालिङ नियुक्त भएका छन् । बैंक संचालक समितिको शुक्रबार बसेको बैंकल बैंकिङ्ग क्षेत्रमा करिव तीन दशक लामो अनुभव भएका उनलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।

 

अवनिन्द्र कुमार श्रेष्ठको पदावधि सकिएपछि रिक्त हुन गएको स्वतन्त्र संचालकको पदमा खालिङलाई नियुक्त गरिएको हो । शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकरका रूपमा परिचित खालिङले विभिन्न वाणिज्य बैंकको महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्यकुशलता प्रदर्शन गरिसकेका छन् ।

 

वाणिज्य बैंकमा सहायकबाट बैंकिङ्ग पेशा शुरु गरेका खालिङले दुई वाणिज्य बैंकको अनुभव बटुल्दै प्रमुख कार्यकारी अधिकृतबाट निवृत भएका थिए ।

 

हाल बैंकले देशभरका ८५ वटा शाखा, १०२ वटा शाखा रहित बैंकिङ्ग एकाई, ८२ वटा एटीएममार्फत ४ लाख भन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

स्याफ्रुबेँशीमा एनआईसी एशियाको नयाँ शाखा संचालनमा Read Previous

स्याफ्रुबेँशीमा एनआईसी एशियाको नयाँ शाखा संचालनमा

ऊर्जा सम्मेलनमा तीन समझदारी पत्रमा हस्ताक्षर Read Next

ऊर्जा सम्मेलनमा तीन समझदारी पत्रमा हस्ताक्षर