ऊर्जा सम्मेलनमा तीन समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । ऊर्जा सम्मेलनकै क्रममा तीन समझदारी भएका छन् । सम्मेलनको पहिलो दिन हिजो (बिहीबार) दुई वटा र दोस्रो दिन आज (शुक्रबार) एफएमओ र नेपाल बैंकर्स संघबीच समझदारी पत्र (एमओयु) भएको हो ।

 

ऊर्जा सम्मेलनको पहिलो दिन र दोस्रो दिन गरी कुल तीनबटा समझदारी पत्रमा हस्ताक्षर भएका हुन् । हिजो भारत सरकार स्वामित्वको एनएचपीसी लिमिटेड र नेपाल सरकार स्वामित्वको हाइड्रोइलेक्ट्रिसिटी एन्ड इन्भेस्टमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को साझेदारी पत्रमा हस्ताक्षर भएको थियो । यसैगरी, हिजो नै इन्डियन इनर्जी लिमिटेड र स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)बीच समझदारी भएको थियो ।

 

जलविद्युतमा लगानी गर्नका लागि दुवै सरकारी स्वामित्वका एचआईडीसीएल र एनएचपीसीबीच एमओयुमा हस्ताक्षर भएको छ । एचएचपीसी भारतको केन्द्रीय सरकारको स्वामित्वको कम्पनी हो । उसले भारत र भुटानमा जलविद्युतमा लगानी गरिसकेको छ ।

 

एनएचपीसीले हिमाञ्चल प्रदेशमा १८० मेगावाटको बैरासिलु पावर स्टेशन, ५४० मेगावाटको चमेरा, ३०० मेगावाटको चमेरा दोस्रो र २३१ मेगावाटको चमेरा तेस्रो जलविद्युत आयोजना निर्माण तथा सञ्चालन गरिरहेको छ ।

सिटिजन्स् बैंकको संचालकमा सुदेश खालिङ नियुक्त Read Previous

सिटिजन्स् बैंकको संचालकमा सुदेश खालिङ नियुक्त

अब दूधमा भिटामिन 'डी' मिसाइने Read Next

अब दूधमा भिटामिन 'डी' मिसाइने