आइफोन ११, ११ प्रो र ११ प्रो म्याक्स नेपाली बजारमा, कति पर्छ मूल्य

काठमाडौं । शुक्रबारबाट आइफोन ११, ११ प्रो र ११ प्रो म्याक्स नेपाली बजारमा आएको छ। एप्पलको नेपालका लागि आधिकारिक वितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसनले उक्त आइफोन सार्वजनिक गरेको हो।

 

जेनरेशन नेक्स्टका आधिकारिक डिलरहरुः इभो स्टोर, ओलीज, फ्यूचर वल्र्ड, आइस्टोर , मोबाइल ट्रोन, फ्युचर टेक ट्रेड, एस आर इम्पेक्सबाट उक्त मोवाइल सेटहरु किन्न सकिनेछ ।

 

आइफोन किन्ने पहिलो २ सय ग्राहकले बेल्किनको वायरलेस चार्जर निःशुल्क पाउनेछन् । सबै क्रेताहरुले भने स्क्र्याच कुपन प्राप्त गर्ने र १२ महिनाको लागि प्रत्येक हप्ताको एक हजार एमबीको डाटा निःशुल्क प्राप्त गर्नेछन् ।

 

आइफोन ११ संस्करणअन्तर्गत ६४ जीवी मेमोरी भएकोलाई एक लाख १० हजार पाँच सय, १२८ जीवी मेमोरी भएकोलाई एक लाख १८ हजार तीन सय, २५६ जीवी मेमोरी भएकोलाई एक लाख ३४ हजार रुपियाँ मूल्य कायम गरिएको छ ।  यी फोनहरु कालो, सेतो, हरियो, पहेंलो, रातो, वैजनी रंगमा उपलब्ध छन् ।

 

त्यस्तै, आईफोन ११ प्रो संस्करणअन्तर्गत ६४ जीवी मेमोरी भएकोलाई एक लाख ५७ हजार २५०, २५६ जीवी मेमोरी भएकोलाई एक लाख ८० हजार नौ सय र ५१२ जीवी मेमोरी भएकोलाई दुई लाख ११ हजार आठ सय रुपियाँ मूल्य कायम गरिएको छ । यी फोनहरु खरानी, स्पाइस ग्रे, गोल्ड, मिडनाइट ग्रिन रंगमा उपलब्ध छन् ।

 

यस्तै, आइफोन ११ प्रो म्यास संस्करणअन्तर्गत ६४ जीवी मेमोरी भएकोलाई एक लाख ७२ हजार आठ सय, २५६ जीवी मेमोरी भएकोलाई एक लाख ९६ हजार छ सय र ५१२ जीवी मेमोरी भएकोलाई दुई लाख २७ हजार चार सय रुपियाँ कायम गरिएको छ ।यी फोनहरु सिल्भर, स्पाइस ग्रे, गोल्ड र मिडनाइट ग्रिन रंगमा उपलब्ध छन् ।

 

जेनरेशन नेक्स्टले सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनहरुमा १ वर्षको वारेन्टी लिन आधिकारिक च्यानलहरुबाट मात्र फोन खरिद गर्न आग्रह गरेको छ ।

ग्लोबल आइएमई बैंकद्धारा विद्यालयलाई कम्प्यूटर सहयोग Read Previous

ग्लोबल आइएमई बैंकद्धारा विद्यालयलाई कम्प्यूटर सहयोग

स्याफ्रुबेँशीमा एनआईसी एशियाको नयाँ शाखा संचालनमा Read Next

स्याफ्रुबेँशीमा एनआईसी एशियाको नयाँ शाखा संचालनमा