काठमाडौं । ग्लोबल आइएमई बैंकले तनहूँ जिल्लाको ब्यास नगरपालिकामा रहेको कुर्लुङ्ग प्राथमिक विद्यालयलाई २ वटा कम्प्युटर र प्रिन्टर प्रदान गरेको छ।
बिहीबार बैंकका बजार तथा व्यवसाय प्रवद्र्धन विभागका इन्चार्ज बसन्तराज रेग्मीले कुर्लुङ्ग प्राथमिक विद्यालयका प्रधानाध्यापक पदमबहादुर पन्थलाई उक्त कम्प्युटर र प्रिन्टर प्रदान गरेका हुन्। बैंकले सामाजिक उत्तरदायीत्व अन्तर्गत विभिन्न विभिन्न क्षेत्रमा सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।
बैंकले १५० वटा शाखा, ३० वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, १५० एटीएम तथा १९४ शाखारहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधिरसम्पर्क कार्यालयमार्फत ११ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।