काठमाडौं । राइडिङ सेयरिङ इन्ड्राइभले आफ्नो सेवालाई नेपालमा थप सशक्त बनाउने भएको छ । सन् २०२२ देखि काठमाडौंमा आफ्नो सेवा सुरु गरेको इन्ड्राइभले आफ्नो सेवा थप प्रभावकारी बनाउन लागेको हो ।
राइड–हेलिङ (एपीएसी) इन्ड्राइभका डाइरेक्टर रोमन एर्मोसिनले नेपालमा कम्पनीले सेफ्टि प्याकका साथमा प्रयोगकर्ताहरूलाई समर्पित सुविधाहरू, सुझावहरू र चालक तथा यात्रुहरूका लागि आचार संहितासहित थप सशक्तीकरण गर्ने पहल सुरु गरेको बताए ।
‘सुरक्षाप्रति हाम्रो प्रतिबद्धतालाई कायम राख्न, हामीले सेफ्टि प्याकका साथमा प्रयोगकर्ताहरूलाई समर्पित सुविधाहरू, सुझावहरू र चालक तथा यात्रुहरूका लागि आचार संहिताको साथ सशक्तिकरण गर्ने पहल प्रस्तुत गरेका छौं। हामीले पारस्परिक सम्मानलाई हौसला दिँदै आएका छौं र भेदभावको लागि शून्य सहनशीलताको नीति लिँदै आएका छौं। एक्सपान्सन, ग्रोथ , कस्टमर स्याटिस्फ्याक्सन तथा सेफ्टीलाई पछ्याएर, हामी उत्कृष्ट नतिजाहरू कायम राख्न र हामीले सेवा गर्ने समुदायहरूमा सकारात्मक प्रभाव पार्दै आएका छौं,’ उनले भने ।
इन्ड्राइभले यात्रु र चालक बीच आपसमा उचित भाडादरमा छनोट गर्ने सुविधा दिएको छ । अर्थात् यात्रुले आफूले तिर्न चाहेको भाडा र चालकले आफूले लिने भाडामा बार्गेनिङ गरेर निर्धारण गर्न सक्नेछन् ।
इन्ड्राइभले विश्वभर २ अर्ब भन्दा बढी राइडहरू सम्पन्न गरेको छ । यससँगै, इनड्राइभ, ग्लोबल मोबिलिटी, शहरी सेवाहरू र कम्युनिटी डेभलपमेन्ट प्लेटफर्ममार्फत सशक्त रुपमा अघि बढेको छ ।
सेवा नपुगेका बजारहरूमा विद्यमान खाडलहरूलाई सम्बोधन गर्न उचित समाधानहरू सिर्जना गर्नु इनड्राइभको विश्वव्यापी विस्तार रणनीतिको महत्त्वपूर्ण भाग हो।
वर्षौंदेखि विकसित हुँदै, इन्ड्राइभर (स्वतन्त्र चालकहरू) हाल इन्ड्राइभ (इनर ड्राइभ)को रुपमा शहरी सेवाहरूको लागि मार्केटप्लेसमा परिणत भएको छ।
इन्ड्राइभ यात्रुहरुद्वारा संचालित कम्पनी हो जसले विश्वमा मानव समानुभूतिलाई प्रतिस्थापन गर्न सक्ने कुनै प्रविधि छैन भन्ने विश्वास गर्छ। राइड(हेलिङ एपहरू बढी मानिसका लागि हुन् र हुनुपर्छ भनेर इन्ड्राइभले प्रमाणित गर्दै आएको छ। इन्ड्राइभमा रहेको फेयर प्राइसमा यात्रुहरु सहमत हुनसक्दछन्।
इन्ड्राइभ संसारमा दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको मोबिलिटी एप हो । यसले पाँच महादेशका ४८ देशमा ७०० भन्दा बढी सहरहरूमा विश्वभर १० करोड भन्दा धेरै प्रयोगकर्ताहरूलाई निरन्तर सेवा दिइरहेको छ।