करेन्ट नुडल्सको ब्राण्ड एम्बासडरमा केकी अधिकारी

काठमाडौं । लोकप्रिय नेपाली चाउचाउ कम्पनी यशोदा फुड्सले आफ्नो ब्राण्ड एम्ब्यासेडरको घोषणा गरेको छ । यशोदा फुड्सलेको लोकप्रिय उत्पादन करेन्ट नुडल्स तथा स्न्याक्सको लागि ब्राण्ड एम्ब्यासेडरमा अभिनेत्री केकी अधिकारीलाई नियुक्त गरेको हो ।

काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले ब्राण्ड एम्बासडर नियुक्त गरेको जानकारी दिएको हो ।

यशोदा फुड्सले सन् २०१७ मेदेखि आफ्नो उत्पादन सुरु गरेको थियो । लाली र करेन्ट ब्राण्ड अन्र्तगत तयारी चाउचाउ उत्पादनबाट व्यवसाय थालेको कम्पनीले अहिले विभिन्न ब्राण्डका चाउचाउ तथा स्न्याक्सहरू उत्पादन गरी विदेशमा समेत निर्यात गर्दै आएको छ ।

उद्योगले सुपर प्रिमीयम सेगमेन्ट अन्र्तगत कम्पनीले करेन्ट हट एण्ड स्पाइसी, करेन्ट २× स्पाइसी, करेन्ट हट एण्ड लेमन स्पाईसी नुडल्स, करेन्ट चिज एण्ड बटर, करेन्ट मसरुम तथा करेन्ट कप नुडल्सको उत्पादन गरीरहेको छ भने प्रिमियम सेगमेन्ट अन्र्तगत करेन्ट, लाली, लगायतका चाउचाउहरू उत्पादनमा छन ।

त्यसैगरी, प्रिमियम स्न्याक्स सेगमेन्ट अन्र्तगत, करेन्ट चिजवल, करेन्ट हट एण्ड स्पाईसी स्टीक्स, करेन्ट पोटेटो क्रयाकर, करेन्ट पोटेटो स्टीक्स, करेन्ट अचारी स्टीक्स, करेन्ट हट एण्ड लेमन स्टीक्स, करेन्ट ओनियन रिङ्ग, करेन्ट मखना लगायतका स्न्याक्सको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

हिम इलेकट्रोनिक्सको इन्डो एसियन मिट सम्पन्न Read Previous

हिम इलेकट्रोनिक्सको इन्डो एसियन मिट सम्पन्न

इन्ड्राइभले नेपालमा आफ्नो सेवालाई सशक्त बनाउँदै Read Next

इन्ड्राइभले नेपालमा आफ्नो सेवालाई सशक्त बनाउँदै