काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरे बापतको बक्यौता बुझाउने म्याद १ महिना थपेको छ ।
भदौ १७ गते सूचना जारी गर्दै १५ दिनभित्र बक्यौता नतिर लाइन काट्ने चेतावनी दिएको प्राधिकरणले १ महिना समयवधि थपेको हो ।
प्राधिकरणको चेतावनीपछि व्यवसायीले प्रधानमन्त्री पुष्पकलम दाहाललाई गुहारेका थिए । प्रधानमन्त्रीले डेडिकेटेड फिडर र ट्रंक लाइनको महशुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भैरहेको र यसबारे निर्क्यौल नभएसम्म उद्योगहरुको विद्युत आपूर्ति बन्द नगर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीको निर्देशनपछि प्राधिकरण थप लचक हुँदै उद्योगीलाई बक्यौता तिर्ने म्याद थप गरिदिएको हो । विभिन्न उद्योगहरुले २०७२ देखि २०७७ सम्म लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक प्रयोग गरे बापत २० अर्ब बढी बक्यौता असुल्न बाँकी रहेको प्राधिकरणले दाबी गर्दै आएको छ ।