टाटाका रिटेलर्सलाई नबिल बैंकले बिना धितो ऋण दिने

काठमाडौं । टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटो पार्टस् र नबिल बैंकबीच सहकार्य गर्ने सहमति भएको छ ।

सिप्रदी अटोपार्टस्का वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी र नबिल बैंकका एसएमई तथा माइक्रोफाइनान्स प्रमुख अमित श्रेष्ठले सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेशनल बिजनेस हेड राकेश मित्तलको विशेष उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार नबिल बैंकले टाटाको जेन्युइन पार्टपुर्जा र टाटा मोटर्स जेन्युइन आयलका खुद्रा बिक्रेताहरूलाई सस्तो र सहज वित्तीय सुविधा उपलब्ध गराउने भएको छ ।

अर्थतन्त्रमा आएको संकटका कारण नाजुक अवस्थामा पुगेका खुद्रा बिक्रेताहरूलाई यो सम्झौताले सहज बनाउने विश्वास लिइएको छ ।

 

 

प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको पैसा तिर्न ताकेता गरेपछि व्यवसायीले गुहारे प्रधानमन्त्री Read Previous

प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको पैसा तिर्न ताकेता गरेपछि व्यवसायीले गुहारे प्रधानमन्त्री

त्रिभुवन विमानस्थल भन्सारका कर्मचारीले पारे सेवा ठप्प Read Next

त्रिभुवन विमानस्थल भन्सारका कर्मचारीले पारे सेवा ठप्प