सिद्धार्थ बैंकले ल्यायाे आधुनिक चेक डिपोजिट मेसिन सञ्चालनमा

काठमाडौं। सिद्धार्थ बैंकले ग्राहकहरुलाई प्रभावकारी सुविधा पुर्याउने उद्देश्यले आधुनिक चेक डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ। बैंकले हात्तीसार शाखाबाट यो सेवा सुरू गरेको छ।

 

बैंकका अनुसार चेक डिपोजिट मेसिन सञ्चालनमा आएपछि सेवाग्राहीहरूले छिटो र छरितो रुपमा आफ्नो चेक जम्मा गर्न सक्नेछन् ।

 

आधुनिक प्रविधियुक्त मेसिनको प्रयोगबाट बैंकद्वारा प्रदान गरिने सुविधाहरू अझ सरल, सहज तथा छरितो हुने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 

बैंकले आगामी दिनमा अन्य शाखाहरुमा पनि क्रमशः यो सेवा विस्तार गर्दै लैजाने जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढे पनि नेपालमा यथावत रहने Read Previous

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढे पनि नेपालमा यथावत रहने

शाओमीको नोट ८ र नोट ८ प्रो सार्वजनिक, कति पर्छ मूल्य Read Next

शाओमीको नोट ८ र नोट ८ प्रो सार्वजनिक, कति पर्छ मूल्य