अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढे पनि नेपालमा यथावत रहने

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भए पनि सर्वसाधारणको हितलाई मध्यनजर राख्दै मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

 

गत कात्तिक ३० गते इण्डियन आयल कर्पोरेशन (आइओसी)ले निगमलाई पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ६५ पैसा वृद्धि भएर आएको छ भने डिजेलमा प्रतिलिटर ८० पैसा घटेर आएको छ ।

 

आइओसीले प्रत्येक १५/१५ दिनमा इन्धनको नयाँ मूल्यसूची पठाउने गरेको छ । सोही मूल्यलाई आधार मानेर निगमले मूल्य समायोजन गर्दै आएको थियो ।

 

अहिले काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०७ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर ९४ रुपैयाँ ५० पैसा, हवाई इन्धन (बाह्य) प्रतिलिटर १ अमेरिकी डलर तथा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार ३५० रुपैयाँ रहेको छ ।

१३ स्मार्ट सिटी निर्माणको लागि ठेकेदार छनोट प्रक्रिया शुरु Read Previous

१३ स्मार्ट सिटी निर्माणको लागि ठेकेदार छनोट प्रक्रिया शुरु

सिद्धार्थ बैंकले ल्यायाे आधुनिक चेक डिपोजिट मेसिन सञ्चालनमा Read Next

सिद्धार्थ बैंकले ल्यायाे आधुनिक चेक डिपोजिट मेसिन सञ्चालनमा