शाओमीको नोट ८ र नोट ८ प्रो सार्वजनिक, कति पर्छ मूल्य

काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले बुधबार रेडमी नोट ८ सिरिजको स्मार्टफोन सार्वजनिक गरेको छ। क्वाड क्यामेरा सेटअप भएको विश्वकै पहिलो रेडमी नोट ८ सिरिजले फेरि एकपटक स्मार्टफोन सेग्मेन्टमा तहल्का मच्चाउने अनुमान गरिएको छ । नोट ८ र नोट ८ प्रो स्मार्टफोनका विषयमा यहाँ चर्चा गरिएको छ।

 

रेडमी नोट ८ प्रो – ६४ एमपी क्वाड क्यामेरा

 

शक्तिशाली ६४ एमपी क्वाड क्यामेरा सेटअप र समान सक्षम चिपसेट भएको रेडमी नोट ८ प्रो एक सर्वोत्कृष्ट फोन हो। यसको फ्रन्ट क्यामेरा सेटअपमा २० एमपी सेल्फी सुटर छ। अक्टा–कोर हेलियो जि९०टी मोबाइल प्लायटफर्मले गेमिङ क्षमता ल्याएको छ।

 

पहिलो पटक रेडमी नोट सिरिजमा ४ वटा क्यामेरा छ। यसमा फोटो र भिडियोका लागि ६४ एमपी मुख्य क्यामेरा, १२० डिग्री दृश्यका साथ अल्ट्रा वाइड एङगल लेन्स, डेप्थ सेन्सर र म्याक्रो लेन्स रहेको छ जसले २ सीएमसम्म दृश्यको नजिक पुर्याउँछ।

 

रिफ्रेस औरा डिजाइनमा अद्भुत गाम्मा ग्रिन कलर र डुअल कोर्निङ गोरिला ग्लास ५ भएको रेडमी नोट ८ प्रो सुन्दर, इग्रोनोमिक डिजाइनको दुलर्भ संयोजन हो। यसमा ६.५३ को डट नोच डिस्प्ले जडान गरिएको छ।

रेडमी नोट ८ प्रो को रिअरमा ८.८ एमएम मोटाइ भएको ३डी कर्बड ग्लास रहेको छ जसले यसलाई हातमा राख्दा सजिलो महशुस गराउँछ। यसमा ४५०० एमएएच ब्याट्री क्षमता रहेको छ। साथै १८ वाट्ट फास्ट चार्जिङको सुविधा पनि रहेको छ।
यसको ८ जीबीसम्म क्षमता रहेको छ।

 

रेडमी नोट ८–४८ एमपी क्वाड अल राउन्डर

 

रेडमी नोट ८ ४८ एमपी क्वाड क्यामेरा सेटअप सहित लोकप्रिय नोट ७ एसको अलराउन्ड अप्ग्रेड हो। ६.३ इन्च डट नोच डिस्प्लेको र औरा फ्लुइड डिजाइनले सुसज्जित रेडमी नोट ८ मा अविश्वसनीय इमर्सिभ एफएचडी प्लस भिज्योल अनुभव प्रदान गर्दछ ।

 

यसमा कर्निङ गोरिला ग्लास ५को प्रयोग गरिएको छ र प्रयोगकर्ताले अपग्रेटेड स्थायित्वको अपेक्षा गर्न सक्दछन् र यसले अगाडि र पछाडिको भागलाईसामान्य गिरावटबाट जोगाउँछ।रेडमी नोट ८ एक फोटोग्राफी पावरहाउस हो जसको रियरमा क्वाड क्यामेरा सेटअप छ।

 

रेडमी नोट ८ को अघिल्लो भागमा १३ एमपी सेल्फी क्यामेरा छ।क्वालकम स्न्यापड्रेगन ६६५ मोबाइल प्लायटफर्मले पावर इफिशेनसी कायम गर्दै उत्कृष्ट प्रर्फमेन्श प्रदर्शन गर्दछ जसमा ४००० एमएएच ब्याट्री र आउट अफ बक्स टाइप सी १८ वाट्ट चार्जिङ रहेको छ ।

 

‘नोट ८ सिरिज विश्वमै राम्रो स्मार्टफोन मानिएको छ। यसलाई नेपाली बजारमा सार्वजनिक गर्न पाउँदा खुशि लागेको छ’, शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारी भने।

 

पाइने स्थान र मूल्य

 

रेडमी नोट ८, ६ जीबी प्लस ६४ जीबी र ६ जीबी प्लस १२८ जीबी भेरियन्टमा क्रमशः  १८ हजार ९९९ रूपैयाँ,  २३ हजार ९९९ रूपैयाँमा उपलब्ध हुनेछ। यो फोन तीनवटा कलर भेरियन्ट– मुनलाईट ह्वाइट, स्पेश ब्लाक र नेप्च्यून ब्लुमा रहेका छन्।

 

रेडमी नोट ८ प्रो, ६ जीबी प्लस ६४ जीबी, ६ जीबी प्लस १२८ जीबी र ८ जीबी प्लस १२८ जीबी स्टोरेज भेरियन्टमा  क्रमशसः २६ हजार ९९९ रूपैयाँ, २९ हजार ९९९ रूपैयाँ र  ३२ हजार ९९९ रूपैयाँमा उपलब्ध हुनेछ । यो फोन तीनवटा कलर भेरियन्ट–गामा ग्रिन, हलो ह्वाइट र स्याडो ब्ल्याकमा रहेका छन् ।

 

दुवै फोनहरु बिक्रीका लागि बुधबारबाट सम्पूर्ण एमआईका अधिकृत पार्टनर, डराज सस्तो डिलमा उपलब्ध हुने कम्पनीले बताएको छ।

सिद्धार्थ बैंकले ल्यायाे आधुनिक चेक डिपोजिट मेसिन सञ्चालनमा Read Previous

सिद्धार्थ बैंकले ल्यायाे आधुनिक चेक डिपोजिट मेसिन सञ्चालनमा

मालपोतको ढड्डा नै केरमेट गरी लाखौँ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा Read Next

मालपोतको ढड्डा नै केरमेट गरी लाखौँ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा