अमेरिकाको व्यापार घाटा ७९ खर्ब पुग्यो, सवारी साधन निर्यात भने बढ्यो

वासिङ्टन । आयातमा भएको वृद्धिका कारण जुलाइमा अमेरिकी व्यापार घाटा बढेको सरकारी तथ्याङ्कले देखाएको छ ।

‘जुलाईमा अमेरिकाको व्यापार घाटा बढेर ६५ अर्ब डलर (करिब ७९ खर्ब रुपैयाँ)पुगेको छ, जुन जुनमा संशोधित ६३.७ अर्ब डलरको आँकडाभन्दा बढी हो,’ वाणिज्य विभागले जनाएको छ।

तर विश्लेषकको अनुमानअनुसार यो दोस्रो त्रैमासिकको औसतभन्दा कम रहेको छ । पछिल्लो तथ्याङ्कअनुसार आयात १.७ प्रतिशतले बढेर ३१६.७ अर्ब डलर पुगेको छ भने निर्यात १.६ प्रतिशतले बढेर २५१.७ अर्ब डलर पुगेको छ ।

विशेषगरी सेमीकन्डक्टरसँगै मोबाइल फोन र औषधिजन्य तयारी उपभोग्य वस्तुजस्ता सामानको आयात बढेको बुधबारको प्रतिवेदनले देखाएको छ ।

अमेरिकी अर्थतन्त्रमा सुस्तताको सङ्केत देखिए पनि लचिलो उपभोक्ता खर्चले अमेरिकी व्यापारलाई बढावा दिन मद्दत गरेको छ ।

तर मुद्रास्फिति घटाउने र मागलाई सुस्त बनाउने उद्देश्यले केन्द्रीय बैंकले तीव्र ब्याजदर वृद्धि गर्दा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा तरङ्ग आउन सक्ने देखिएको छ ।

जुलाईमा सामानको निर्यातमा सवारी साधन, पार्टपुर्जा र इन्जिनको निर्यात बढेको छ भने औद्योगिक आपूर्तिमा पनि वृद्धि भएको छ ।

अमेरिकाको चीनसँगको व्यापार घाटा जुलाइमा १.२ अर्ब डलर बढेर २४ अर्ब डलर पुगेको छ ।

हाथवे इन्भेष्टमेन्टको आइपीओ खुल्यो, प्रतिकित्ता भाउ ५० रुपैयाँ Read Previous

हाथवे इन्भेष्टमेन्टको आइपीओ खुल्यो, प्रतिकित्ता भाउ ५० रुपैयाँ

पब्लिक कम्पनी बन्ने बित्तिकै आइपीओ जारी गर्ने बाटो खुल्यो, यस्ता छन् ५ नयाँ व्यवस्था Read Next

पब्लिक कम्पनी बन्ने बित्तिकै आइपीओ जारी गर्ने बाटो खुल्यो, यस्ता छन् ५ नयाँ व्यवस्था