हाथवे इन्भेष्टमेन्टको आइपीओ खुल्यो, प्रतिकित्ता भाउ ५० रुपैयाँ

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आज (कार्यालय समय)देखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा आम सर्वसाधरणका लागि आइपीओ बिक्रीमा ल्याएको हो ।

कम्पनीले प्रतिकित्ता ५० रुपैयाँ दरले १२ करोड १३ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको २४ लाख २७ हजार ७५० कित्ता सेयर निष्काशन गरेको हो ।

लगानीकर्ताले न्यूनतम २० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उक्त आइपीओमा भदौ २५ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा ढिलोमा असोज ४ गतेसम्म आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी त्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ ।

सामाजिक सुरक्षा कोषद्वारा पौने ६ अर्ब दाबी भुक्तानी, उपचार खर्च मात्रै ६६ करोड Read Previous

सामाजिक सुरक्षा कोषद्वारा पौने ६ अर्ब दाबी भुक्तानी, उपचार खर्च मात्रै ६६ करोड

अमेरिकाको व्यापार घाटा ७९ खर्ब पुग्यो, सवारी साधन निर्यात भने बढ्यो Read Next

अमेरिकाको व्यापार घाटा ७९ खर्ब पुग्यो, सवारी साधन निर्यात भने बढ्यो