सामाजिक सुरक्षा कोषद्वारा पौने ६ अर्ब दाबी भुक्तानी, उपचार खर्च मात्रै ६६ करोड

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई विभिन्न सुविधाबापत रु पाँच अर्ब ६७ करोड दाबी भुक्तानी गरेको छ । कोषले विभिन्न योजना सञ्चालन गरेबापत ९८ हजार ५७३ योगदानकर्तालाई उक्त रकम भुक्तानी गरेको हो ।

योगदानकर्ताको जीवनमा आइपर्ने स्वास्थ्य जोखिम कम गर्न तथा आयको निरन्तरताका लागि चार प्रकारका योजना सञ्चालनमा ल्याएको कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत ४० हजार ३८७ योगदानकर्तालाई रु ६५ करोड ८२ लाख ५० हजार र दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबापत दुई हजार ३१ श्रमिकलाई रु ७ करोड ८० लाख ८७ हजार भुक्तानी गरेको छ ।

यसैगरी आश्रित परिवार सुरक्षा योजनाबापत ३९३ योगदानकर्ताले रु ९ करोड २० लाख र वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत रु ४ अर्ब ८४ करोड ३२ लाख १७ हजार भुक्तानी लिएका छन् । हालसम्म रु ४१ अर्ब एक करोड योगदान सङ्कलन भएको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए ।

कोषमा ७ लाख ५७ हजार योगदानकर्ता सूचीकृत भएका छन् । औपचारिक क्षेत्रका ४ लाख ४१ हजार ५७६, वैदेशिक क्षेत्रका ३ लाख ५४ हजार ४७७, अनौपचारिक क्षेत्रका एक र स्वरोजगार क्षेत्रका १९ जना श्रमिक तथा १८ हजार २५२ रोजगारदाता आबद्ध भएका छन् ।

ग्लोबल आइएमई बैंकले गाडी किन्न ३ दिनमै ऋण दिने Read Previous

ग्लोबल आइएमई बैंकले गाडी किन्न ३ दिनमै ऋण दिने

हाथवे इन्भेष्टमेन्टको आइपीओ खुल्यो, प्रतिकित्ता भाउ ५० रुपैयाँ Read Next

हाथवे इन्भेष्टमेन्टको आइपीओ खुल्यो, प्रतिकित्ता भाउ ५० रुपैयाँ