जाडोका लागि सीजीले ल्यायो घरायसी सामाग्री

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले जाडोलाई लक्षित गरि विभिन्न किसिमका घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ ।

 

जसअन्तर्गत रुम हिटर, हेलोजिन हिटर, फ्यान हिटर, इलेक्ट्रीक तथा ग्याँस गिजर, वाटर डिस्पेन्सर, इलेक्ट्रीक केटल, हटपट, भ्याकुम फ्ल्यास र थर्मसहरु रहेका छन् ।

 

रुम हिटर र हेलोजिन हिटरमा हालै बिल्कुलै नयाँ स्वरुप र आकर्षक रंगहरुमा ल्याएको छ । जसले तपाईको कोठालाई एकदमै न्यानो पार्ने गर्दछ ।

 

जाडोमा पनि सहजै सँग नुहाउन सकिने बनाउन सि।जी।ले तपाईको बजेटलाई ध्यानमा राखि ग्याँस तथा इलेक्ट्रीक गरि दुई किसिमका गिजरहरु उपलब्ध गराएको छ ।

 

त्यसैगरी केहि समयमानै कुनै झ्नझ्ट विना पानि तताउन विभिन्न आकर्षक मोडल र विभिन्न किसिमका इलेक्ट्रीक केटल र हटपटहरु रहेका छन् ।

 

तातिएका पानिलाई लामो समयसम्म पनि उस्तै बनाइराख्न भ्याकुम फ्ल्याक्स र थर्मसहरु पनि उपलब्ध गराएको छ ।

एनआइसी एशियाले ल्यायो चमत्कारिक निक्षेप खाता योजना Read Previous

एनआइसी एशियाले ल्यायो चमत्कारिक निक्षेप खाता योजना

१३ स्मार्ट सिटी निर्माणको लागि ठेकेदार छनोट प्रक्रिया शुरु Read Next

१३ स्मार्ट सिटी निर्माणको लागि ठेकेदार छनोट प्रक्रिया शुरु