एनआइसी एशियाले ल्यायो चमत्कारिक निक्षेप खाता योजना

काठमाडौं । एनआइसी एशिया बैंकले सुपर चमत्कारिक मासिक निक्षेप खाता योजना ल्याएको छ।

 

आफ्ना ग्राहकलाई अधिकतम लाभ प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको बैंकले जनाइएको छ। यो खाता सुपर चमत्कारिक रिकरिङ निक्षेप खाताको नाम परिवर्तन मात्रै गरिएको बैंकले जनाएको छ।

 

यो खातामा ग्राहकलाई ९.२५ प्रतिशत व्याज बैंकले दिनेछ। बैंकलाई थप ०.५० प्रतिशतसम्म थपिदिने अधिकार रहेकाले ब्रान्च म्यानेजरले यसमा कुल ९.७५ प्रतिशतसम्म व्याज दिन सक्ने छन्।

 

मासिक रुपमा नियमित रकम जम्मा गर्नेका लागि यो खाता उपयुक्त भएको बैंकले जनाएको छ। तीन महिनादेखि १० वर्षसम्म न्यूनतम ५ सयको गुणनमा निश्चित रकमबाट खाता सुचारु गर्न सकिनेछ। थोरै थोरै रकम जम्मा गरेर मुद्दती बराबरको लाभ ग्राहकले लिन सक्ने बैंकले जनाएको छ।

सेयर बजार सूचक घटे पनि कारोबार रकमले दियो साथ Read Previous

सेयर बजार सूचक घटे पनि कारोबार रकमले दियो साथ

जाडोका लागि सीजीले ल्यायो घरायसी सामाग्री Read Next

जाडोका लागि सीजीले ल्यायो घरायसी सामाग्री