भुटान एयरलाइन्सले भदौ ३० देखि काठमाडौं उडान पुनः सुरू गर्ने

काठमाडौं । भुटानको पहिलो निजी एयरलाइन्स, ‘भुटान एयरलाइन्स’ ले आगामी भदौ ३० देखि काठमाडौं गन्तव्यमा पुनः उडान सुरु गर्ने भएको छ ।

उक्त एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट (जीएसए)सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसका अनुसार साताको चार दिन आइतबार, सोमबार, बुधबार र शनिबार उडान हुनेछ ।

कोभिड–१९ महामारीका कारण रोकिएको पारो–काठमाडौँका उडान पुनः सुरु हुने भएको कम्पनीले उल्लेख गरेको छ । थिम्पुमा मुख्यालय रहेको भुटान एयरलाइन्सको उडानले पारो–काठमाडौँ–नयाँदिल्लीलाई दुईतर्फीरुपमा जोड्ने छन् ।

‘निर्धारित उडान पुनः सुचारु गनेसँगै भुटान एयरलाइन्सले कोभिड महामारीका कारण रोकिएको काठमाडौँका उडान पुनः सुचारु हुनेछ, यसमा हामी उत्साहित छौँ, महामारीको समयमा उडान रद्द वा रिरुट गर्नेजस्ता कठिन निर्णय लिनुपर्ने चुनौतिको सामना गर्नुपर्यो,’ भुटान एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत पेमा नाडिकले भने ।

नियमित उडानले दुवै देशका पर्यटकलाई थप सहज हुने र यसले पर्यटन उद्योगलाई प्रवर्द्धन गर्ने विश्वास लिइएको छ । एयरलाइन्सले आगामी दिनमा नियमित उडान गरी विश्वसनीय वायुसेवाको रुपमा आफूलाई स्थापित गर्ने दाबी गरेको छ ।

भदौ २८ देखि आइपीओ बिक्री गर्दै मिड सोलु हाइड्रोपावर Read Previous

भदौ २८ देखि आइपीओ बिक्री गर्दै मिड सोलु हाइड्रोपावर

नेप्सले दियो थप ११ नयाँ ब्रोकरलाई सदस्यता, कुनको ब्रोकर नं. कति ? Read Next

नेप्सले दियो थप ११ नयाँ ब्रोकरलाई सदस्यता, कुनको ब्रोकर नं. कति ?