आजदेखि तातोपानी नाका हुँदै मानिस आवतजावत खुला

सिन्धुपाल्चोक । चीनसँगको उत्तरी सीमानाका तातोपानी आजबारदेखि मानिस आवतजातवतका लागि खुल्ने भएको छ । भूकम्पपछि आवागमन बन्द रहेको तातोपानी नाका शुक्रबारदेखि खुल्न लागेको हो ।

गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए। ‘नेपालतर्फबाट गरिने सम्पूर्ण तयारी गरेका छौँ,’ उनले भने ।

विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकामा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो । प्रजिअ न्यौपानेले यसअघि मानिस आवतजावत भने खुल्न नसकेको भन्दै शुक्रबारदेखि स्थानीयको आवागमन खुल्ला गरिएको बताए।

उनका अनुसार सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन् ।

सिटिजन लाइफ इन्स्योरेन्सको प्रिमियममा आइपीओ खुल्यो Read Previous

सिटिजन लाइफ इन्स्योरेन्सको प्रिमियममा आइपीओ खुल्यो

लाभांशको सिजन सुरू हुँदै, कुन बैंकले कति दिन सक्छन् ? Read Next

लाभांशको सिजन सुरू हुँदै, कुन बैंकले कति दिन सक्छन् ?