सिटिजन लाइफ इन्स्योरेन्सको प्रिमियममा आइपीओ खुल्यो

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आज (कार्यालय समय)देखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधरणका लागि प्रिमियम मूल्यमा आइपीओ बिक्रीमा ल्याएको हो ।

इन्स्योरेन्सले अंकित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २४४ रुपैयाँ दरले ९० लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।

कम्पनीको आइपीओमा भदौ १९ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा मात्रै ढिलोमा भदौ २९ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ। आइपीओ निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर त्रिपल बी’ रेटिङ दिएको छ । यसले इन्स्योरेन्सको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमता मध्यम रुपमा सुरक्षित रहेको जनाउँद छ ।

पेट्रोलियम पदार्थको भाउ बढ्यो, एलपी ग्यास सिलिन्डरमै २३५ रुपैयाँ महँगियो Read Previous

पेट्रोलियम पदार्थको भाउ बढ्यो, एलपी ग्यास सिलिन्डरमै २३५ रुपैयाँ महँगियो

आजदेखि तातोपानी नाका हुँदै मानिस आवतजावत खुला Read Next

आजदेखि तातोपानी नाका हुँदै मानिस आवतजावत खुला