पेट्रोलियम पदार्थको भाउ बढ्यो, एलपी ग्यास सिलिन्डरमै २३५ रुपैयाँ महँगियो

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ४ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ३ रुपैयाँ भाउ बढाएको हो ।

निगमका अनुसार अब पेट्रोलको उपभोक्ता मूल्य पहिलो वर्गमा १७९.५० रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८१ र तेस्रो वर्गमा १८२ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, डिजेल र मट्टीतेल पहिलोमा १६७.५० रुपैयाँ, दोस्रोमा १६९ र तेस्रोमा १७० रुपैयाँ पुगेको छ ।

त्यसैगरी, निगमले खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर २३५ रुपैयाँले बढाएको छ । बढेको मूल्य अनुसार अब एलपी ग्यास प्रतिसिलिन्डरको १ हजार ८९५ रुपैयाँ पुगेको छ । यसअघि १ हजार ६६० रुपैयाँ थियो।

इण्डियन आयल कर्पोरेशनबाट मूल्य वृद्धि भएर आएकाले नेपालमा पनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमा जनाएको छ ।

निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर ३.१७ रुपैयाँ र २.४८ तथा एलपी ग्यासको मूल्यमा प्रति सिलिण्डर १८६.४५ रुपैयाँले वृद्धि भएर आएको छ ।

सञ्चय कोषले लिलामीमा राख्यो सुधिर बस्नेतको कोहिनुर हिल हाउजिङ Read Previous

सञ्चय कोषले लिलामीमा राख्यो सुधिर बस्नेतको कोहिनुर हिल हाउजिङ

सिटिजन लाइफ इन्स्योरेन्सको प्रिमियममा आइपीओ खुल्यो Read Next

सिटिजन लाइफ इन्स्योरेन्सको प्रिमियममा आइपीओ खुल्यो