दुवई एयर शोमा एयर बसकाे २२० वटा जहाज बिक्री

युरोपियन विमान निर्माता कम्पनी एयरबसले दुवई एयर शोमा ३० विलीयन डलरको २२० वटा जहाजको बिक्री अर्डर हात पारेको छ । उक्त अर्डरहरु दुवईवेसका दुईवटा एअरलायन्सका हुन् । जस अन्तर्गत इमिरेट्सले ५० वटा ए३५०–९०० एक्सडब्लुबी एक्ट्रा वाइड वडि तथा एअर अरेबीयाले १७० वटा ए३२० अडएर रहेका छन् ।

 

इमिरेट्सले अर्डर गरेको ५० वटा ए३५०–९०० को मूल्य १६ बिलियन डलर तथा एअर अरेबीयाको १७० वटा ए३२० को मूल्य १४ बिलियन डलर रहेको छ ।

 

एयर अरेवियाका प्रमुख कार्यकारी अधिकृत अदेल अलिका अनुसार यो अर्डरले एयरलायन्सको लागि गेम चेन्जर हुनेछ । उनका अनुसार यी जहाजहरुको सहायताले एयरलायन्सले आगामि दिनमा दक्षिणपूर्व एसीया र अफ्रिकी मुलुकहरुमा आफ्नो व्यापार विस्तार गर्न सघाउनेछ ।

 

त्यस्तै इमिरेट्सका अध्यक्ष सेख अहमेदका अनुसार यी ए३५० को सहायताले लामो दूरीका नेटवर्कहरुमा व्यापार विस्तार गर्ने छ । यी जहाजहरु एकै पटकमा ३५० जना यात्रुहरु बोकेर निरन्तर १५ घण्टासम्म उड्ने क्षमता राख्दछन् ।

 

इमिरेट्सले एयरबसका प्रतिस्पर्धी बोइङसँग ४० वटा ७८७ ड्रिमलाईनर खरिद गर्ने घोषणा गरेता पनि अझै अर्डर प्लेस गरेको छैन ।

युनाइटेड बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषणा Read Previous

युनाइटेड बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषणा

एसबीआइ बैंकको साधरण सभा मंसिर २९ मा, बुक ब्लोज कहिले Read Next

एसबीआइ बैंकको साधरण सभा मंसिर २९ मा, बुक ब्लोज कहिले