एसबीआइ बैंकको साधरण सभा मंसिर २९ मा, बुक ब्लोज कहिले

काठमाडौं । नेपाल एसबीआइ बैंकले  २६ औं वार्षिक साधारण सभा मंसिर २९ गतेलाई बोलाएको छ । साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ ।

 

सभामा बैंकले गत वर्षको नाफाबाट वितरण गर्ने १६.८४ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव मुख्य एजेन्डाको रुपमा पेश गर्दैछ । बैंकले गत वर्षको नाफाबाट ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १०.८४ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

 

हाल यस बैंकको चुक्ता पूँजी ८ अर्ब ४४ करोड ९२ लाख ५० हजार रुपैयाँ रहेको छ भने बोनस वितरणपछि ८ अर्ब ९५ करोड ६२ लाख ५ हजार रुपैयाँ पुग्नेछ ।

 

यस्तै सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने, नियमावली संसोधन गर्ने, आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पेश गर्ने, आव २०७६/७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा लैजाने भएको छ ।

 

साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १३ गतेदेखि २९ गतेसम्म बुक क्लोज मिति तोकेको छ । तसर्थ मंसिर १२ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांशको पाउनेछन् ।

दुवई एयर शोमा एयर बसकाे २२० वटा जहाज बिक्री Read Previous

दुवई एयर शोमा एयर बसकाे २२० वटा जहाज बिक्री

मानसरोवर यात्रा : भारतीय पर्यटकलाई रकम बढ्दा नेपाली व्यवसायी चिन्तामा Read Next

मानसरोवर यात्रा : भारतीय पर्यटकलाई रकम बढ्दा नेपाली व्यवसायी चिन्तामा