युनाइटेड बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषणा

काठमाडौं । काठमाडौँ महानगरपालिकाले युनाइटेड बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ। २०६४ सालमा दर्ता भएर सञ्चालनमा सो सहकारीलाई मंसिर ३ गते बसेको ३८औँ कार्यपालिका बैठकले समस्याग्रस्त घोषणा गरेको हो।

 

बैठकले सहकारीका सञ्चालक २०७४ सालबाट सम्पर्कबिहीन भएको पनि जनाएको छ।महानगरको प्रशासन विभागका प्रमुख नमराज ढकालका अनुसार १५१ जना सञ्चालक रहेको सहकारीका सञ्चालक भागेपछि बचतकर्ताले महानगरमा निवेदन दिएका थिए।

 

‘यसअघि सहकारीलाई समस्याग्रस्त घोषणा गर्न मन्त्रिपरिषद्मा जानुपथ्र्यो’, उनले भने, ‘अहिले यो अधिकार नगर कार्यपालिकामा आएको छ। यही व्यवस्थाअनुसार निर्णय भएको हो।’कामपामा हाल एक हजार ८४८ सहकारी छन् ।रासस

हिमालय एयरलाइन्सकाे चीनको गुइयाङ् उडान शुरु Read Previous

हिमालय एयरलाइन्सकाे चीनको गुइयाङ् उडान शुरु

दुवई एयर शोमा एयर बसकाे २२० वटा जहाज बिक्री Read Next

दुवई एयर शोमा एयर बसकाे २२० वटा जहाज बिक्री