हिमालय एयरलाइन्सकाे चीनको गुइयाङ् उडान शुरु

काठमाडौं । कात्तिकदेखि काठमाडौं–बेइजिङ सिधा उडान शुरु गरेको हिमालयन एयरलाइन्सले चीनको दक्षिण पश्चिमी सहर गुइयाङ्मा पनि उडान शुरु गरेको हो।

 

एयरलाइन्सको पहिलो उडान मंगलबार बिहान १०ः२५ मा काठमाडौंबाट उडेको थियो। चीनको गुइयाङ् लोङडोङबाओ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय १५ः५८ मा अवतरण गरेको एयरलाइन्सले जानकारी दिएको छ।

 

गुयाङबाट भने उक्त जहाज मंगलबारनै स्थानीय समयअनुसार १८ बजे फिर्ता भइ काठमाडौंमा १९ बजे अवतरण गरिसकेको छ।चिनियाँ लगानीको एयरलाइन्सले चीनको थप सहरमा उडान विस्तार गरेको हो।

 

८ बिजनेस क्लास र १५० इकोनोमी क्लास सीट भएका ए ३२०–२१४ सिरिजका ३ वटा न्यारो–बडी जहाजबाट सेवा दिंदै आएको एयरलाइन्सले चीनका चाङसा, नाङचाङ, चोङकिङ, अलि र शेन्जेङ्गमा विस्तार गर्ने योजना बनाएको छ।

धोबीखोला करिडोर निमार्णको २० वर्ष : पौने ३ अर्ब खर्च, १२ किलोमिटर कालाेपत्रे Read Previous

धोबीखोला करिडोर निमार्णको २० वर्ष : पौने ३ अर्ब खर्च, १२ किलोमिटर कालाेपत्रे

युनाइटेड बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषणा Read Next

युनाइटेड बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषणा