निगमलाई पहिलो गाँसमै ढुंगा, भैरहवा-हङकङ उडानमा शून्य यात्रु

काठमाडौं । नेपाल एयरलाइन्सले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं ट्रान्जिट बनाएर सुरु गरेको दिल्ली हुँदै हङकङ उडानमा यात्रु नपाउँदा खाली उडेकेा छ ।

निगमले उडान तालिका सार्वजनिक गरेर टिकट बुकिङ खुला गरे पनि यात्रु नपाउँदा खाली उडान गरेको हो । बिजनेश पाए उडान तालिका संख्या थप्ने योजनामा रहेको निगमलाई यो पहिलो उडानले नै धक्का लगाएको छ ।

आन्तरिक व्यवस्थापन कमजोर र तयारी नगरि लहडमा उडान भर्दा पहिलो कनेक्टिङ उडान असफल भएको निगमका एक अधिकारीले बताए । ‘गौतमबुद्ध विमानस्थलबाट विजनेश नपाइने एउटा समस्या त छँदैछ । त्यसमाथि निगम व्यवस्थापनले आन्तरिक तयारी नगरि उडान सुरु गर्दा यस्तो अवस्था आयो’, उनले भने ।

एयरलाइन्सले भाद्र १२ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई टान्जिट बनाएर हङकङ र दिल्लीमा नियमित उडान भर्ने तालिका तय गरेको थियो ।

सोही प्रयोजनको लागि एयरलाइन्सले आइतबार टिकट बुकिङ खुला समेत गरेको थियो । निगमले सुरुमा भैरहवाबाट हरेक मंगलबार हप्ताको एक उडान गर्ने र पछि बजारको माग तथा निगमको व्यवस्थापन अनुसार उडानको संख्या थप्ने योजना छ ।

बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्ने र ट्रान्जिट बनाएर पछि हङकङ जाने निगमको उडान तालिका छ । जसअनुसार दिल्ली जाने यात्रु समेत सोही कनेक्टिङ उडानमा चढ्ने उडान तालिका थियो ।

अर्थतन्त्र चलायमान बनाउने प्रयास, एकपछि अर्को नीतिगत लचकता Read Previous

अर्थतन्त्र चलायमान बनाउने प्रयास, एकपछि अर्को नीतिगत लचकता

आर्थिक सम्बन्ध विस्तारलाई प्राथमिकता दिन प्रस्तावित राजदूतलाई परिसङ्घको आग्रह Read Next

आर्थिक सम्बन्ध विस्तारलाई प्राथमिकता दिन प्रस्तावित राजदूतलाई परिसङ्घको आग्रह