कामना सेवा विकास बैंकले ल्यायाे नयाँ निक्षेप योजना, यस्ता छन् सुविधा

काठमाडौं । कामना सेवा विकास बैंकले नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ । पारिवारीक सम्बन्ध मजबुत बनाउँदै आफ्ना प्रियजनमा खुशी र आफ्नोपन सञ्चार गर्न बैंकले ‘तिम्रै लागि’ मुद्दति र बचत खाता सार्वजनिक गरेको हो ।

पछिल्लो समय आफन्त र पारिवारिक सम्बन्धको महत्वलाई लिएर विभिन्न पर्व, उत्सव तथा दिवसमा उपहार दिने प्रचलन बढेकोमा यस्ता उपहार कुनै अफ्ठेरो अवस्थामा प्रयोग गर्न सकिने तथा आर्थिक सहयोगको समेत आभास हुने गरी उपहारको नयाँ परम्पराको शुरुवात गर्न नयाँ निक्षेप योजना ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले जानकारी दिए ।

न्यूनतम १० हजारमा खाता खोल्न सकिने मुद्दति खातामा मासिक रुपमा ब्याज प्राप्त गर्न सकिने बैंकको भनाइ छ । उक्त खाता खोल्दा बैंकको मोबाइल तथा इन्टरनेट बैंकिङ, लकर सुविधा र डेविट कार्ड निःशुल्क प्राप्त गर्न सकिने छ ।

उक्त मुद्दति खातामा रहेको मौज्दातको ९० प्रतिशतसम्म कर्जा सुविधा तत्कालै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

देशभर ९२ प्रतिशत रोपाइँ, अन्न भण्डार मधेशमा भने अझै ७० हजार हेक्टरमा बाँकी Read Previous

देशभर ९२ प्रतिशत रोपाइँ, अन्न भण्डार मधेशमा भने अझै ७० हजार हेक्टरमा बाँकी

ललिता निवास जग्गा प्रकरणबारे सीआइबीले बुझायो प्रतिवेदन, २५० बढीलाई मुद्दा चलाउन सिफारिस Read Next

ललिता निवास जग्गा प्रकरणबारे सीआइबीले बुझायो प्रतिवेदन, २५० बढीलाई मुद्दा चलाउन सिफारिस