देशभर ९२ प्रतिशत रोपाइँ, अन्न भण्डार मधेशमा भने अझै ७० हजार हेक्टरमा बाँकी

काठमाडौं । भदौ १ गतेसम्म ९२ प्रतिशत रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता तपेन्द्रबहादुर बोहराका अनुसार अहिलेसम्म १४ लाख ८८ हजार ४९ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको छ ।

हालसम्म कोशी प्रदेशमा ९७ प्रतिशत, मधेश प्रदेशमा ८२ प्रतिशत, वाग्मती प्रदेशमा ९३ प्रतिशत, गण्डकी प्रदेशमा ९४ प्रतिशत, लुम्बिनी प्रदेशमा ९५ प्रतिशत, कर्णाली प्रदेशमा ९९ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा पनि ९९ प्रतिशत नै रोपाइँ सकिएको छ ।

गत वर्ष यही समयमा देशभर ९५ प्रतिशत भूभागमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । यस वर्ष ढिला वर्षा भएकाले कम प्रतिशत रोपाइँ भएको हो । गत वर्ष कुल १४ लाख २७ हजार ९०२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो ।

धेरै धान उत्पादन हुने मधेश प्रदेशमा सबैभन्दा कम प्रतिशत रोपाइँ भएको छ । मधेशमा कुल ४ लाख १ हजार ६५० हेक्टर जमिनमा रोपाइँ गर्नुपर्नेमा भदौ १ गतेसम्म तराईमा ३ लाख ३१ हजार १६५ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । अझै ७० हजार हेक्टरमा रोपाइँ हुन सकेको छैन ।

 

ग्लोबल आइएमई र बीओके क्यापिटलको एकीकृत कारोबार सुरू Read Previous

ग्लोबल आइएमई र बीओके क्यापिटलको एकीकृत कारोबार सुरू

कामना सेवा विकास बैंकले ल्यायाे नयाँ निक्षेप योजना, यस्ता छन् सुविधा Read Next

कामना सेवा विकास बैंकले ल्यायाे नयाँ निक्षेप योजना, यस्ता छन् सुविधा