ललिता निवास जग्गा प्रकरणबारे सीआइबीले बुझायो प्रतिवेदन, २५० बढीलाई मुद्दा चलाउन सिफारिस

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले ललिता निवासको सरकारीे जग्गा हिनामिना प्रकरणसम्बन्धी प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले उक्त प्रकरणको अनुसन्धान प्रतिवेदन प्राप्त भएको जानकारी दिए । सीआइबीले करिब २५० बढीलाई प्रतिवादी बनाएर मुद्दा चलाउन सिफारिस गरेको छ ।

सीआइबीले उक्त प्रकरणमा संलग्न भनिएकाहरुसँग आइतबार राति पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा बाबुराम भट्टराईको बयान लिएको थियो भने सोमबार नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी, पूर्वराज्यमन्त्री सञ्जय साह (टक्ला) लगायतको बयान लिएको थियो ।

बालुवाटारस्थित ललिता निवास जग्गा व्यक्तिको नाममा गरी हिनामिना भएको विषय हाल विशेष अदालतमा विचाराधीन छ । सीआइबीले सरकारी जग्गा व्यक्तिको नाममा कायम गर्दा सरकारी कागजात तथा दस्तखत कीर्ते प्रकरणमा अनुसन्धान अगाडि बढाएको थियो ।

कामना सेवा विकास बैंकले ल्यायाे नयाँ निक्षेप योजना, यस्ता छन् सुविधा Read Previous

कामना सेवा विकास बैंकले ल्यायाे नयाँ निक्षेप योजना, यस्ता छन् सुविधा

प्रसारण लाइन निर्माणमा चरम ढिला सुस्ती, ७४ किमी बनाउन १३ वर्ष लाग्यो Read Next

प्रसारण लाइन निर्माणमा चरम ढिला सुस्ती, ७४ किमी बनाउन १३ वर्ष लाग्यो