सिटिजन्स क्यापिटल र ठूलोखोला हाइड्रोपावर बीच आइपीओ निष्काशन सम्बन्धी सम्झौता

काठमाडौ । सिटिजन्स क्यापिटल लिमिटेड र ठूलो खोला हाइड्रोपावर लिमिटेड बीच साधारण सेयर (आइपीओ) निष्काशन सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा ठूलो खोला हाइड्रोपावर लिमिटेडका तर्फबाट संचालक श्वेता अधिकारी पन्त तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले निकट भविष्यमा ठूलो खोला हाइड्रोपावर लिमिटेडको सार्वजनिक निष्काशन गर्नेछ ।

ठूलो खोला हाइड्रोपावर लिमिटेडले निमार्ण गरिरहेको आयोजना ‘माथिल्लो ठूलाखोला ए जलविद्युत आयोजना’ म्याग्दी जिल्लामा अवस्थित रहेको छ । सो योजना २२.५ मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।

कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपन रेन्ज कति ? Read Previous

कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपन रेन्ज कति ?

सेयर बजारमा दोहोरो अंकको गिरावट Read Next

सेयर बजारमा दोहोरो अंकको गिरावट