सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । गत साता ३२ अंकले घटेको नेप्से यस साता पहिलो दिनमै दोहोरो अंकले घटेको छ ।

आइतबार नेप्से परिसूचक २१.९९ अंकले घटेर २०११.१४ विन्दुमा आइपुगेको छ । यसदिन २६९ कम्पनीको १ अर्ब ४४ करोड रुपैयाँ बराबरको ४४ लाख ५९ हजार ४५९ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । हाइड्रोपावर उपसमूहको परिसूचक सबैभन्दा धेरै २.५४ प्रतिशतले घटेको छ ।

आज आइएमई लाइफको सर्वाधिक कारोबार भएको छ । यसको साढे ६ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

उच्च अंकले घटेको बजारमा आज अप्पर स्याङ्गे हाइड्रोपावरका सेयरधनीले सर्वाधिक ९.०२ प्रतिशत गुमाएका छन् ।

सिटिजन्स क्यापिटल र ठूलोखोला हाइड्रोपावर बीच आइपीओ निष्काशन सम्बन्धी सम्झौता Read Previous

सिटिजन्स क्यापिटल र ठूलोखोला हाइड्रोपावर बीच आइपीओ निष्काशन सम्बन्धी सम्झौता

मधेसको काँचुली फेर्दै हुलाकी राजमार्ग : गाउँलाई बजार बनायो, जग्गाको भाउ उकास्यो Read Next

मधेसको काँचुली फेर्दै हुलाकी राजमार्ग : गाउँलाई बजार बनायो, जग्गाको भाउ उकास्यो