कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपन रेन्ज कति ?

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको प्राथमिक साधरण सेयर (आइपीओ) नेपाल स्टक एक्स्चेन्ज (नेप्स)मा सूचीकृत भएको छ ।

आइतबार कम्पनीले स्थानीय, सर्वसाधरण र संस्थापकलाई जारी गरेको सेयर नेप्सेमा सूचीकृत गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरको १२ लाख १८ हजार ६७५ कित्ता सेयर सूचीकृत गरेको हो ।

नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको सेयर सोमबारदेखि दोस्रो बजारमा कारोबारमा आउने छ । यद्यपि, प्रि ओपन सेसनमा कारोबार हुन नसके नियमित कारोबारमा आउने छैन ।

कम्पनीको सेयर कारोबारका लागि नेप्सले न्यूनतम १५९.६७ रुपैयाँदेखि ४७९.०१ रुपैयाँँ ओपनिङ्ग रेन्ज तोकेको छ । यही बीचमा रहेर कम्पनीको पहिलो सेयर कारोबार हुनेछ ।

नेप्सेले कम्पनीको सेयर कारोबारका लागि KBSH संकेत चिह्न प्रदान गरेको छ ।

पर्यटक आकर्षित गर्न नारायणीमा ११ किलोमिटरमा डुङ्गा चलाइँदै Read Previous

पर्यटक आकर्षित गर्न नारायणीमा ११ किलोमिटरमा डुङ्गा चलाइँदै

सिटिजन्स क्यापिटल र ठूलोखोला हाइड्रोपावर बीच आइपीओ निष्काशन सम्बन्धी सम्झौता Read Next

सिटिजन्स क्यापिटल र ठूलोखोला हाइड्रोपावर बीच आइपीओ निष्काशन सम्बन्धी सम्झौता