भदौ २० देखि साउदीको दमाम उडान गर्दै नेपाल एयरलाइन्स, टिकट बुकिङ खुला

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियाको दमाममा सिधा उडान गर्ने भएको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार आगामी भदौ २० गतेदेखि काठमाडौँबाट दमाममा नियमित सिधा उडान गर्ने गरी शनिबारदेखि टिकट बुकिङ खुला गरिएको हो । नेपाल एयरलाइन्सको यो ११औँ अन्तर्राष्ट्रिय उडान गन्तव्य हो । यसअघि निगमले साउदी अरेबियाको रियादमा पनि उडान गरिरहेको थियो ।

उडान तालिकाअनुसार काठमाडौँ–दमाम–काठमाडौँ सेक्टरमा निगमले साताको दुई दिन बुधबार र शनिबार उडान गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको सङ्ख्या बढाउँदै लैजाने योजना रहेको निगमका प्रवक्ता पौडेलले जानकारी दिए ।

काठमाडौँ–दमामको प्रवर्द्धनात्मक भाडादर रु ३५ हजार तोकिएको छ । दमाम–काठमाडौँका लागि भने ५९६ साउदी रियाल तोकिएको छ । निगमको उडान विस्तारबाट नेपालीहरूको बाहुल्यता रहेको साउदीबाट नेपाल आवागमन सहज र सुलभ हुने विश्वास गरिएको छ ।

निगमले अहिले दुई थान वाइडबडी र दुई थान न्यारोबडी जहाजमार्फत आठ देशका ११ गन्तव्यमा उडान भरिरहेको छ ।

सिनर्जी पावरको हकप्रद खुल्यो, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ? Read Previous

सिनर्जी पावरको हकप्रद खुल्यो, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ?

राजमार्गको संख्या घटाइँदै, ८० वटालाई सातमा झार्न प्रस्ताव Read Next

राजमार्गको संख्या घटाइँदै, ८० वटालाई सातमा झार्न प्रस्ताव