सिनर्जी पावरको हकप्रद खुल्यो, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ?

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले आज (कार्यालय समय)देखि हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् १:०.५ अनुपातमा हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको हो ।

कम्पनीको हकप्रद सेयरमा भदौ २४ गतेसम्म आवेदन दिन पाइने छ । लगानीकर्ताले सानिमा क्यापिटल, सानिमा बैंक, नेपाल धितोपत्र बोर्डबाट सीआस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीले हकप्रद प्रयोजनका लागि साउन १२ गते बुकक्लोज गरेको थियो । सो अनुसार साउन ११ गतेसम्म कायम रहने सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ। हकप्रद निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर डबल बी प्लस’ रेटिङ दिएको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँद छ ।

हाल ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्कासनपछि १ अर्ब २० करोड ९८ लाख ६२ हजार रुपैयाँ पुग्नेछ ।

अब १ करोड माथिको कारोबारमा मासिक भ्याट विवरण बुझाउनुपर्ने, सोभन्दा कममा चौमासिक Read Previous

अब १ करोड माथिको कारोबारमा मासिक भ्याट विवरण बुझाउनुपर्ने, सोभन्दा कममा चौमासिक

भदौ २० देखि साउदीको दमाम उडान गर्दै नेपाल एयरलाइन्स, टिकट बुकिङ खुला Read Next

भदौ २० देखि साउदीको दमाम उडान गर्दै नेपाल एयरलाइन्स, टिकट बुकिङ खुला