काठमाडौं । पेट्रोल र डिजेलको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको मंगलबार बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ रुपैयाँ र पेट्रोल प्रतिलिटर ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको हो ।
निगमका अनुसार अब पेट्रोलको उपभोक्ता मूल्य पहिलो वर्गमा १७५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १७७ र तेस्रो वर्गमा १६८ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, डिजेल र मट्टीतेल पहिलोमा १६४ रुपैयाँ ५० पैसा, दोस्रोमा १६६ र तेस्रोमा १६७ रुपैयाँ पुगेको छ ।
इन्डियन आयल कार्पोरेशनबाट पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर ३.८५ र ११.२५ रुपैयाँ मूल्य बढेर आएसँगै नेपालमा पनि वृद्धि गरिएको निगमले जनाएको छ ।