एयर इन्डियाको जहाज धावनमार्गमा अड्कियो, आधा दर्जन जहाज आकाशमै होल्ड

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको जहाज धावनमार्गमै अड्किएको छ ।

सो विमानको ल्यान्डिङको गियरको पाङ्ग्रा जाम (ह्वीललक) भएपछि साे विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित बनेको हो ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार सो जहाजकै कारण दिउँसो ४:२० देखि ५ बजेसम्म धावनमार्ग बन्द गरिएको थियो । जस कारण विमानस्थलमा अवतरणका लागि विभिन्न गन्तव्यबाट आएका आधादर्जन जहाज काठमाडौंको आकाशमा होल्ड भएका छन् ।

अपराह्न सवा ५ बजेपछि उक्त जहाजलाई धावनमार्गबाट पार्किङमा लगिएकाले उडान अवतरण सुरु भएको विमानस्थल कार्यालयले जनाएको छ ।

बरामद सुनको तौल ६० किलो ७१६ ग्राम, ७३ ग्राम जर्ती काटियो Read Previous

बरामद सुनको तौल ६० किलो ७१६ ग्राम, ७३ ग्राम जर्ती काटियो

डिजेलको मूल्य लिटरमै १४ रुपैयाँ बढ्यो, पेट्रोलकाे कति ? Read Next

डिजेलको मूल्य लिटरमै १४ रुपैयाँ बढ्यो, पेट्रोलकाे कति ?