मध्यम क्षमता भएका मानिसले सफल हुन गर्नु पर्ने ९ काम

काठमाडौं । पैसा कमाउने सबैको चाहना हुन्छ । तर, यसको लागि त्यही अनुसारको मिहिनेतको आवस्यकता पर्छ । मिहिनत गर्ने मानिसले आफ्नो क्षेत्रमा सफलता चुम्छ नै ।

 

हामीले बेजोस, बिल ग्रेट, मार्क जुकरवर्ग जस्ता सफल व्यवसायीको सफलताका कुरा सुनेका छौं । उनीहरुको सफलताको सुत्र के हुन सक्छ भन्ने कुरा हाम्रो बसमा नहुन सक्छ । यस्तोमा बिजनेश र रियलटाईम फाइनान्सीयल मार्केटबारे जानकारी दिने बिजनेश स्टाटिजीस्ट ब्लगर डैन वाल्डस्चिमिदले सफलताको सुत्रहरु पत्ता लगाएका छन् ।

 

उनको रिपोर्टले सफलताका ९ सुत्र पत्तालगाएको छ, जसको प्रयोगले मध्यम स्तरको क्षमता भएको मानिसलाई समेत सफल बनाउने छ ।

 

१. हरेक व्यवसायिक जानकारीसँग अपडेट रहनुहोस् । नयाँ बिचार, आइडिया र लक्ष्यमा सधै फोकस गर्नुहोस् । साथै तपाईको प्राथमिकता कुन कुरामा हो त्यसमा ध्यान दिनुहोस् ।

 

२. कुनैपनि कार्यक्रम याद गर्न आइटिको भरपुर प्रयोग गर्नुहोस् । आफुलाई नबिनतम प्रबिधीसँग जोड्नुहोस्, जसलेगर्दा तपाईका कुनैपनि मुख्य कार्यक्रमहरु नछुटुन् ।

 

३. लक्ष्यको लिस्ट धेरै नराख्नुस् । धेरै वटा लक्ष्य बनाउँदा कुनैपनि सफल नहुन सक्छ ।

 

४. आफ्नो आवस्यकताका बस्तु वा जनशक्ती भाडामा लिनुहोस् । एकै पटक धेरै मानिस वा सामान राख्नाले त्यसको उचित प्रयोग नहुन सक्छ ।

 

५. टेलिभिजन कम हेनुहोस् । टेलिभिजन हेर्ने बानीले मानिसलाई अल्छी बनाउँछ र टिभिमा तपाईको लत लाग्न सक्छ ।

 

६. आफ्नो लक्ष्य सदैब प्रष्ट राख्नुहोस् । आफु के गर्दैछु, लक्ष्यबाट कति टाढा वा नजिक छु सदैब ख्यालगर्नु होस् ।

 

७. आवश्यकता अनुसार निन्द्रा पुरा गर्नुहोस् । यदि निन्द्रा पुगेन भने तपाइको काममा ध्यान नपुग्न सक्छ ।

 

८. दोस्रो व्यक्तीको बारेमा आवस्यकताभन्दा बढी ध्यान नदिनुहोस् । आफ्नो लक्ष्यमा फोकस हुनुहोस् ।

 

९. कुनै गल्ति भए माफि माग्न नबिर्सनुहोस् जसले तपाईसँग कामगर्नेहरुले सहज महशुस गर्छन् । एजेन्सीको सहयोगमा

धानको उत्पादन, कृषि क्रान्ती र आयात Read Previous

धानको उत्पादन, कृषि क्रान्ती र आयात

प्रभु बैंकले ५ देशमा कार्यालय खोल्ने Read Next

प्रभु बैंकले ५ देशमा कार्यालय खोल्ने