प्रभु बैंकले ५ देशमा कार्यालय खोल्ने

प्रभु बैंक लिमिटेडले अष्ट्रेलियाको सिड्नी, भारतको दिल्ली, मलेसियाको क्वालालाम्पुर, कतारको दोहा र बेलायतको एल्डरसटगरी पाँच मुलुकमा आफ्रनाे प्रतिनिधि कार्यालय खोल्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमती प्राप्त गरेको छ ।

 

प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको अधिनमा रही प्रभु बैंकले ६ महिनाभित्र सम्बन्धित देशका नियामकीय निकायबाट उल्लेखित स्थानहरुमा बैंकको प्रतिनिधि कार्यालय खोल्न स्वीकृति प्राप्त गरी नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गरेपछि सम्बन्धित सबै प्रतिनिधि कार्यालयहरुबाट बैंकले आफ्नाे सेवा प्रारम्भ गर्नेछ ।

 

हालसम्म देशभरका १ सय ८६ शाखा कार्यालय, १ सय ३९ वटा एटिएम तथा २३ वटा एक्सटेन्सन काउण्टर कार्यालयहरु सहितको सञ्जालका माध्यमबाट १२ लाख भन्दा बढि सन्तुष्ट ग्राहकहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराईरहेको प्रभु बैंकले अब विदेशमा पनि आफ्नाे सेवा विस्तार गर्न गैरहेको छ ।

 

प्रभु बैंकका विदेशस्थित ५ वटा प्रतिनिधि कार्यालयहरु सञ्चालनमा आएपश्चात् प्रभु बैंकको सञ्जाल विदेशमा पनि विस्तार हुनेछ भने यसबाट अन्तर्राष्ट्रिय व्यापारमा समेत टेवा पुग्ने तथा सम्बन्धित देशमा रहनुहुने ग्राहकहरुलाई सहज एवं सरल रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध हुने बैंकले विश्वास लिएको छ ।

मध्यम क्षमता भएका मानिसले सफल हुन गर्नु पर्ने ९ काम Read Previous

मध्यम क्षमता भएका मानिसले सफल हुन गर्नु पर्ने ९ काम

थाई एयर एशियाले बैंकक–काठमाडौं उडानको पहल गर्दै Read Next

थाई एयर एशियाले बैंकक–काठमाडौं उडानको पहल गर्दै