
काठमाडौं । अहिले सर्वाधिक चर्चामा रहेको विषय हो हाम्रा भान्सामा भएका तरकारीमा विष । हामीले दिनहु भान्सामा प्रयोग गर्ने तरकारीमा विषादीको मात्रा अधिकतम रहेको चर्चा भइरहेको छ । यस्तोमा बजारबाट ल्याउने तरकारीमा केही सावधानी अपनाउने हो भने विषादीबाट बच्न सकिन्छ ।
बिज्ञहरुका अनुसार उपभोक्ताले सबैभन्दा पहिले आफूले खरिद गरेको तरकारी तत्काल प्रयोग नगरी केही दिन राखेर प्रयोग गर्दा विषादीको मात्रा कम हुन्छ ।
तर, केही तरकारी लामो समय राख्दा विग्रने हुनाले किन्नासाथ पकाउनु पर्ने हुन सक्छ । यस्ता तरकारी प्रयोगमा सावधानी अपनाउने ।
तत्काल प्रयोग गर्नुपर्ने तरकारीमा भएको बिषादी कम गर्न केही तरिका अपनाउन सकिने छ ।
बजारबाट तरकारी खरिद गरेर ल्याएपछि सबैभन्दा पहिले बगेको पानीमा अथवा धाराको पानीमा पखाल्नु पर्छ । तरकारीलाई राम्रोसँग पखालेपछि भेनेगर पानीमा सकेसम्म रातभरी डुबाएर राख्नु पर्छ । यस्तो गर्न सकिएन भने पनि ४ घन्टा भएपनि डुबाएर मात्रै प्रयोग गर्नुपर्छ । भेनेगर पनि नभएको अवस्थाका कागती पानीमा डुबाउँदा पनि बिषादी कम गर्न सकिन्छ ।
यस्ता प्रक्रिया पूरा गरी फेरि राम्रोसँग पानीले पखाल्नु पर्छ । पखालेको तरकारीलाई ताछ्न मिल्ने छ भने ताछेर मात्रै प्रयोग गर्दा पनि विषादीको मात्र कम गर्न सकिने छ ।