किस्तामा घर किन्नुभयो ? यी ६ तरिका अपनाए सहजै तिर्न सकिन्छ

काठमाडौं । कुनै पनि बैंक वा वित्तीय संस्थाहरुबाट तपार्ईं–हामीले  ‘होम लोन’ लिँदा तोकिएको समयसम्म मासिक रुपमा साँवा–ब्याज बुझाउनुपर्ने हुन्छ । यसरी मासिक रुपमा बुझाइने रकमलाई इक्वेटेड मन्थली इन्स्टलमेन्ट (ईएमआई) भनिन्छ ।

 

लोन लिए पश्चात आम्दानी एउटा ठूलो हिस्सा हरेक महिना ईएमआई भर्दैमा जान्छ । हरेक महिना ईएमआई भर्दा हामीहरु सबैलाई केही समस्या हुन सक्छ । खासगरी कुनैपनि व्यक्तिले यसअघि बैंक तथा वित्तीय संस्थाबाट लोन लिएको छैन र कुनै किसिमको ईएमआई भरेको छैन भने त्यस अवस्थामा झनै कठिनाई हुने गर्दछ ।

 

त्यसैले आफ्नो होम लोनको ईएमआई भर्न वित्तीय अनुशासन, दूरदृष्टि र मनी म्यानेजमेन्ट स्किल हुन आवश्यक छ । यहाँ हामीले होम लोनको ईएमआई व्यवस्थापन गर्न सहज होस् भनेर केही टिप्सहरु राखेका छौं :

 

१. आफ्नो लोनको लमसम पार्ट प्रिपेमेन्ट गर्नुहोस

 

लोनको लमसम पार्ट पेमेन्टले तपार्ईंंको बाँकी प्रिन्सिपल अमाउन्टका साथसाथै आफ्नो लोनको रिपमेन्टको समय धेरै हदसम्म कम गर्छ । त्यसैले तपार्ईंले आफ्नो लोनको सुरुको चरणमै लमसम तरिकाले पार्टपेमेन्टय गर्ने कोसिस गर्नुपर्छ किनकि त्यतिखेर प्रिन्सिपल अमाउन्ट धेरै हुन्छ ।

 

प्रिपेमेन्ट चार्जबारे जान्नकालागि तपार्ईंले बैंकका अधिकारीहरुसँग छलफल गर्नुहोस् र त्यहीअनुसार पार्ट प्रिपेमेन्ट प्लान बनाउनुहोस् । यसका अलावा फेस्टिभल बोनस वा पोलिसी म्याचुरिटी अमाउन्टका रुपमा जति रकम आउँछ त्यसलाई पार्ट प्रिपेमेन्टमा प्रयोग गर्न सकिन्छ ।

 

२. ईएमआईका लागि अलग्गै फन्ड तयार गर्नुहोस्

 

दैनिक खर्च हुने पैसा बचाउन कोसिस गर्नुहोस् । बचत गरिएको रकमलाई आफ्नो होम लोनको ईएमआई भर्न एउटा छुट्टै फण्ड बनाएर जम्मा गर्न सकिन्छ ।

 

तपार्ईंं ईएमआई भर्न बनाएको फण्डमा पैसा जम्मा गर्न तपार्ईंले आफ्नो कुनै इन्भेस्टमेन्ट अकाउन्टबाट पनि पैसा निकाल्न सक्नुहुन्छ । तर, तपाईंँले त्यसरी निकाल्ने पैसा त्यस्तो हुनु जरुरी छ जसबाट तपार्ईंले खासै मुनाफा प्राप्त गर्नु भएको छैन ।

 

तपार्ईंले होम लोन लिनुअघि आफ्नो बचतको रकम एउटा सर्ट टर्म इन्भेस्टमेन्ट प्लानमा जम्मा गर्न सक्नुहुन्छ । बुद्धिमानीका साथ प्लानिङ गर्नुहोस् ताकी ठीक समयमा तपार्ईंले होम लोन लिन समस्या नपरोस् ।  । तपार्ईंले त्यस्ता सर्ट टर्म इन्भेस्टमेन्ट प्लानमा जम्मा गरेको रकम त्यतिखेर प्रयोग गर्न सक्नुहुन्छ गर्नुहोस् जतिखेर तपार्ईंलाई होम लोन लिन र त्यसको ईएमआई भर्न सजिलो हुन्छ ।

 

३. धेरै ईएमआई भएको अप्सन रोज्नुहोस्

 

ठूलो मासिक इस्टलमेन्टबाट तपार्ईंलाइ डर लाग्न सक्छ तर यसले मासिक ब्याजदर बचाउन तपार्ईंलाई धेरै मद्दत गर्छ । यदि तपार्ईं एउटा लङ र्टम लोन मनौं ३० वर्षको अप्सन रोज्नुहुन्छ भने २० वर्षमा लोनको तुलनामा तपार्ईंको मासिक इस्टलमेन्ट कम हुन्छ तर, कूल मिलाएर तपार्ईंले धेरै ब्याजदर तिर्नुपर्ने हुन्छ ।

 

त्यसैले हरेक महिना इस्टलमेन्टका रुपमा धेरैभन्दा धेरै पेमेन्ट बुझाउने कोसिस गर्नुहोस् । धेरै इस्टलमेन्ट रकम बुझाउँदा तपार्ईंको ब्याज वापत थोरै रकम जानुका साथै छोटो समयमै तपार्ईंले आफ्नो होम लोनको किस्ता तिर्न सक्नुहुनेछ ।

 

४.कम ब्याजदर भएको बैंक रोज्नुहोस्

 

मनौँ तपार्ईंले पहिले नै कुनै एउटा बैंकबाट होम लोन लिनुभएको छ । तर पछि तपार्ईंलाई थाहा भएको कि अर्को कुनै बैंकले कम ब्याजदरमा होम लोन दिइरहेको छ । अब तपार्ईंले पहिले लोन लिएको बैंकका अधिकारीहरुसँग सल्लाह गरी त्यहाँबाट आफ्नो लोन अर्को बैंकमा ट्रान्सफर गरी कम ब्याजको भार बहन गर्न सक्नु हुनेछ ।

 

यसले तपाईंँलाई थोरै भए ईएमआई रकम भुक्तानीमा राहत मिल्नेछ । त्यस्तै, होम लोन लिनु पूर्व धेरैवटा बैंकहरुमा गएर विस्तारमा सबै जानकारी लिनु जरुरी हुन्छ ।

 

५.डाउन पेमेन्ट बढी गर्ने कोसिस गर्नुहोस्

 

अधिकांश बैंकले अहिले होम लोनअन्तर्गत तपार्ईंले मागेको कुल रकमको ८० प्रतिशतसम्म होम लोन दिने व्यवस्था गरेका छन् । तर २० प्रतिशतमात्र तपार्ईंले डाउन पेमेन्ट गर्दा तपार्ईंलाई आर्थिक भार हुन सक्छ ।

 

त्यसैले आर्थिक भार कम गर्नुका साथै ईएमआई रकम कम गर्न सकरभर बढी डाउन पेमेन्ट गर्ने कोसिस गर्नुहोस् । यसरी लोन लिँदा नै धेरै रकम डाउनपेमेन्ट गरी आफ्नो आर्थिक भार कम गर्न सकिन्छ ।

 

६.आम्दानी बढाउने कोसिस गर्नुहोस्

 

यदि तपार्ईंको ईएमआई रकम बढी छ तर, तपार्ईंको आम्दानी निश्चित छ भने तपार्ईंले खर्च कटौती गर्न आवश्यक छ । तर बढ्दो महँगीमा खर्च कटौती गरेर पनि तपार्ईं–हामीलाई ईएमआई रकम भर्न उत्तिकै समस्या हुन सक्छ । त्यसैले खर्च कटौतीसँगै तपार्ईंले आफ्नो आम्दानी बढाउने कोसिस पनि गर्नुपर्ने हुन्छ ।

 

जस्तै, तपार्ईंको कति मासिक कमाई छ, सोही जागिर अन्यत्रमा अलि धेरै तलबमा पाइन्छ भने जागिर परिवर्तन गर्नुहोस् । वा तपार्ईंले पार्ट टाइम जागिर खाएर अतिरिक्त रकम आर्जन गर्न पनि सक्नु हुन्छ । यसले तपार्ईंको अतिरिक्त आम्दानी बढ्नुका साथै ईएमआई रकम भर्न पनि सजिलो हुनेछ ।

  • एजेन्सीको सहयोगमा

 

 

 

 

सिमेन्टको मूल्य घट्यो, बिक्री दोब्बरले वृद्धि Read Previous

सिमेन्टको मूल्य घट्यो, बिक्री दोब्बरले वृद्धि

नबिल बैंकद्धारा आकर्षक लाभांश घोषणा, बोनस र नगद कति Read Next

नबिल बैंकद्धारा आकर्षक लाभांश घोषणा, बोनस र नगद कति