
काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई आकर्षक लाभांश घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको आइतबार बसेको ५२२ औं बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कूल लाभांश मध्ये १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
बैंकको प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ ।