काठमाडौं। प्रभु बैंकले १८ औं वार्षिक साधारणसभा बोलाएको छ। साधरण सभा बैंकको केन्द्रीय कार्यालय बबरमहलमा मंसिर ६ गते दिउँसो २ बजे शुरु हुनेछ ।
बैंकले साधरण सभामा गत वर्षको नाफाबाट सेयरधनीलाई दिने प्रस्तावित १६.८४ प्रतिशत लाभांश पारित गर्ने मुख्य एजेन्डाको रुपमा लैजाने भएको छ ।
यसैगरी, सेयर संरचना परिवर्तन गरी संस्थापक र सर्वसाधारण हिस्सा ५१ः४९ अनुपात कायम गर्ने प्रस्ताव पनि रहेको छ । बैंकले संस्थापक हिस्सा ५५ प्रतिशतबाट घटाएर ५१ प्रतिशत बनाउन लागेको हो ।
यस्तै, प्रभुले सेयर ब्रोकरको काम गर्न सहायक कम्पनी स्थापना तथा सञ्चालन गर्ने व्यवस्था थप गरी प्रबन्धपत्र संशोधन गर्ने, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने लगायतका एजेन्डा लैजाने भएको छ ।
हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ८९ करोड २६ लाख रहेको छ भने बोनस सेयर वितरण पछि बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँ पुग्नेछ ।
बैंकले साधारणसभा प्रयोजनका लागि कात्तिक २६ गतेदेखि बुक क्लोज मिति तोकेको छ । कात्तिक २५ गतेसम्म कायम सेयरधनीहरुले बोनस सेयर पाउने छन् ।
