
काठमाडौं । मोवाइल फोनमा तपाईलाई कसैले कल गरिरहेको छ र, तपाईले उक्त फोन उठाउनु भएन भनेपनि तपाईको फोनमा बजेको रिङ वापत शुल्क लाग्ने गरेको हुन्छ । तर, यस्तो शुल्क उपभोक्तालाई भने लाग्ने होइन । यस वापतको रकम सर्भिस प्रोभाइडर कम्पनीहरु बीचमा एक आपसमा आफ्नो नेटवर्क प्रयोग गरेवापत तिर्नु पर्ने हुन्छ ।
अहिले नेपालमा एक पटक कल आउँदा करिब ४० सेकेन्डसम्म रिङ आउने गरेको छ । यहाँ सर्भिस प्रोभाइडर कम्पनीको बीच तिब्र प्रतिस्पर्धा नभएकोले रिङ आउने समयमा कम्पनीहरुले खासै ध्यान दिइरहेका हुँदैनन् । तर, तिब्र प्रतिस्पर्धी बजारमा रिङ आउने समय घटाउने विषयमा सधै छलफल भइरहेको हुन्छ ।
भारतमा रिलायन्स जिओ, एयरटेल, डोकोमो जस्ता कम्पनीले सुरुमा ४० देखि ४५ सेकेन्डसम्म रिङ बजाउने गरेका थिए । पछि इन्टरनेट वापतको रकम बचतगर्र्ने भन्दै कम्पनीहरुले २५ सेकेन्डमा झारे भने रिलायन्स जियोले त २० सेकेन्डमा झारेको थियो ।
यसले उपभोक्तलाई मारमा परेको भन्दै एक रुपता दिन भारतीय टेलिकम अथ्र्रुरिटी (ट्राई) ले कम्तीमा सबै किसिमको कलमा ३० सेकेन्ड रिङ दिनुपर्ने निर्णय गरेको छ । एजेन्सीकाे सहयाेगमा