चिनियाँ पर्यटक बढाउन नयाँ रणनीति बनाउँदै सरकार, सिधा हवाइ उडान थपिने

काठमाडौं । चिनियाँ पर्यटक भित्राउन सरकारले नयाँ रणनीति तय गर्ने भएको छ । पछिल्लो समय चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमणको क्रममा नेपालको भ्रमण वर्ष २०२० सफल बनाउन सहयोग गर्ने बताएसँगै पर्यटन मन्त्रालयले चिनियाँ पर्यटक भित्राउन रणनीति तयार गर्न सरोकारवालासँग छलफल आयोजना गर्न लागेको हो ।

 

नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा भएको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले विश्वभरि नेपाल पर्यटनका लागि सुरक्षित गन्तव्य भएको सन्देश प्रवाह भएको र यसले विशेषगरी चिनियाँ पर्यटक आगमनमा अभिवृद्धि गर्ने अपेक्षा सरकारी तथा निजीक्षेत्रको रहेको छ । नेपालमा सबैभन्दा बढी पर्यटक आउने गन्तव्य मुलुकमध्ये चीन दोस्रो स्थानमा पर्छ ।

 

सीले नेपालले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० मा धेरैभन्दा धेरै चिनियाँ पर्यटक नेपाल ल्याउन उत्प्रेरित गर्ने तथा चीनमा धेरै बौद्ध धर्मावलम्बीहरू भएको र बुद्धको जन्मस्थल लुम्बिनी नेपालमा रहेकाले बौद्धमार्गीहरुलाई नेपाल आउँन उत्प्रेरित गर्ने प्रतिवद्धता व्यक्त गरेको जोशीले खुलाएका छन् ।

 

बढ्दो हवाई सम्पर्क र नेपालमा बढ्दो चिनियाँ लगानीका कारण पछिल्लो ५ वर्षमा चिनियाँ पर्यटक आगमन ह्वात्तै बढेको नेपाल पर्यटन बोर्डको तथ्याङ्कले देखाएको छ । त्यस्तै, नेपालमा सबैभन्दा बढी भारतीय पर्यटकको आगमन हुने गरेको छ ।

 

‘पछिल्लो समय नेपाल भ्रमणमा आएका राष्ट्रपति सी स्वयमले नेपाल भ्रमण वर्षलाई सघाउ पुग्ने गरी चिनियाँ पर्यटक नेपाल आउन उत्पे्ररित गर्ने बताएको, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी बताउँछन् ।

 

यसै सन्दर्भमा बढीभन्दा बढी चिनियाँ पर्यटक नेपाल भित्राउने रणनीति तय गर्न मन्त्रालयले सरोकारवालासँग छलफल सुरु गरिसकेको जोशीले बताए । त्यस्तै उक्त भ्रमणको क्रममा आफ्नो सम्मानमा दिइएको रात्रिभोजलाई सम्बोधन गर्दै राष्ट्रपति सीले नेपालले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० मा धेरैभन्दा धेरै चिनियाँ पर्यटक नेपाल ल्याउन उत्प्रेरित गर्ने तथा चीनमा धेरै बौद्ध धर्मावलम्बीहरू भएको र बुद्धको जन्मस्थल लुम्बिनी नेपालमा रहेकाले बौद्धमार्गीहरुलाई नेपाल आउँन उत्प्रेरित गर्ने प्रतिवद्धता व्यक्त गरेको जोशीले खुलाएका छन् ।

 

प्रमुख कार्यकारी अधिकृत जोशीले चिनियाँ पर्यटक आगमन वृद्धिका लागि नेपाल–चीन हवाई कनेक्टिभिटीलाई बढाईने बताइका छन् ।

 

‘हिमालय एयरले काठमाडाैं–बेइजिङ उडानको अन्तिम तयारी गर्दैछ । त्यस्तै, नेपाल वायुसेवा निगम पनि चिनियाँ शहरहरुमा उडान अनुमतिको पर्खाइमा रहेको छ । दुवै एयरलाइन्सको चीन उडानले पर्यटक आगमनमा गुणात्मक प्रभाव पार्ने जोशीको ठम्याई रहेको छ ।

 

चीनबाट अडिटका लागि आउने टोलीसँग सहजीकरण गर्न निगमले कार्यदलसमेत बनाइसकेको छ । निगमले चीनको राजधानी बेइजिङ तथा आर्थिक केन्द्रहरु क्वाङचाऊ र साङघाईमा उडान गर्ने योजना बनाएको छ ।

 

त्यसो त, सीको भ्रणमपछि जारी भएको १४ बुँदे संयुक्त वक्तव्यमा पनि हवाई क्षेत्रमा दुवै देशको सम्बन्ध विस्तारलाई जोड दिइएको छ । अहिले चीनका पाँच ओटा एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साताको ५४ ओटा उडान गर्दै आएका छन् ।

चीनसँग हवाई सञ्जाल विकास गर्ने क्रममा हिमालय एयरलाइन्सले यही कात्तिक १० गतेदेखि चीनको राजधानी बेईजिङमा पहिलो उडान सुरु गरिसकेको छ । त्यस्तै, यही कात्तिक २७ गतेदेखि चाङसा र कात्तिक २८ गतेदेखि नाङचाङमा उडान सुरु गर्ने हिमालय एयरलाइन्सको तयारी छ । यसबाहेक, चगुइयाङ, चोङकिङ, अलि र शेन्जेङमा समेत चाँडै उडान विस्तार गर्ने योजना रहेको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।

 

त्यस्तै, नेपाल वायुसेवा निगमको उडान अनुमतिका लागि डिसेम्बरसम्ममा चिनियाँ सेफ्टी अडिट टोली नेपाल आउने निगमले जानकारी दिएको छ । निगमका प्रवक्ता गणेशबहादुर चन्दका अनुसार सिभिल एभिएशन एडमिनिस्ट्रेशन अफ चाइना (सीएएसी) सँग उडान अनुमति माग गरिसकिएको छ । सीएएसीको टोली निगमको सेफ्टी अडिट गर्न डिसेम्बरसम्ममा आउने उनले बताए । चीनबाट अडिटका लागि आउने टोलीसँग सहजीकरण गर्न निगमले कार्यदलसमेत बनाइसकेको छ । निगमले चीनको राजधानी बेइजिङ तथा आर्थिक केन्द्रहरु क्वाङचाऊ र साङघाईमा उडान गर्ने योजना बनाएको छ ।

 

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले चीनमात्र नभई विश्वभर नै नेपालको पर्यटन प्रवद्र्धन हुने जोशीको धारणा छ । ‘त्यसै पनि चीन नेपालमा बढी पर्यटक आउने मुलुकमध्ये पर्छ । भ्रमण वर्षको पूर्वसन्ध्यामा भएको यो भ्रमणले थप महत्व राख्छ’, उनले भने ।

 

नेपालमा सबैभन्दा बढी पर्यटक आउने मुलुकमा भारत पहिलो र चीन दोस्रो मुलुक हो । नेपाल पर्यटन बोर्डको तथ्याङकअनुसार सन् २०१९ को पहिलो ८ महिना (जनवरी–सेप्टेम्बर) मा नेपाल भ्रमण गर्ने कुल ८ लाख २६ हजार ६०० जना विदेशी पर्यटकमध्ये चीनबाट मात्रै १ लाख ६ हजार ५० जना रहेका छन् । यो संख्या सन् २०१८ को सोही अवधिको तुलनामा ८ प्रतिशतले बढी हो । सन् २०१८ मा चीनबाट १ लाख ३४ हजार ३६२ पर्यटक नेपाल आएका थिए ।

 

पर्यटन बोर्डको तथ्यांकअनुसार, सन् २०१४ देखि २०१८ सम्म ८ वर्षको अवधिमा चीनबाट ५ लाख २० हजार ५०१ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यसरी हेर्दा वार्षिक औसत १ लाख चिनियाँले नेपाल भ्रमण गर्ने गरेका छन् ।

मोवाइलमा रिङ बज्दापनी लाग्छ शुल्क ! Read Previous

मोवाइलमा रिङ बज्दापनी लाग्छ शुल्क !

सानिमाको नाफा १४ प्रतिशतले बढ्यो, लक्ष्मीको १५ प्रतिशत लाभांश Read Next

सानिमाको नाफा १४ प्रतिशतले बढ्यो, लक्ष्मीको १५ प्रतिशत लाभांश