काठमाडौं । सानिमा बैंंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा गत आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा १४.४० प्रतिशतले खुद नाफा बढाएको छ ।
बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ५९ करोड ३६ लाख रुपैयाँ कमाएको हो । गत बर्ष सोही अबधिसम्म बैंकले ५१ करोड ८८ लाख रुपैंयाँ कमाएको थियो ।
बैंकले निक्षेप ७.३३ प्रतिशतले बढाएर ९५ अर्ब ९२ करोड रुपैंयाँ पुर्याएको छ भने कर्जा परिचालन २.५८ प्रतिशतले बढाएर ८३ अर्ब ५३ करोड रुपैंयाँ पुर्याएको छ । बैंकको खुद ब्याज आम्दानी १७.०३ प्रतिशतले बढेको छ ।
बैंकको चुक्ता पूँजी ८ अर्ब ८० करोड रुपैंयाँ छ भने २ अर्ब ८९ करोड रुपैंयाँ जगेडा कोषमा रहेको छ । यसैगरी, खराब कर्जा भने गत बर्षको ०.०८ प्रतिशत बाट बढेर ०.२४ प्रतिशत पुगेको छ । बैंकको प्रति सेयर आम्दानी २६.९८ रहेको छ भने मूल्य आम्दानी अनुपात ११.३१ गुणा रहेको छ ।
लक्ष्मी बैंकले घोषणा ग¥यो १५ प्रतिशत लाभांश
लक्ष्मी बैंकले गत आर्थिक बर्षको आम्दानीबाट १५ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको २ सय २१ औं बोर्ड बैठकले उक्त निर्णय गरको हो ।
लक्ष्मीले गत बर्षको आम्दानीबाट १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश बितरण गर्ने भएको हो । यसो गर्दा बैंकको चुक्ता पूँजी ८९ करोड २० लाख रुपैंयाँले बढ्ने छ भने नगद लाभांशको रुपमा ४४ करोड ६० लाख रुपैंयाँ बाहिरिनेछ ।
राष्ट्र बैंक र बैंकको आगामी साधारण सभाले पारित गरेपछि बोनस सेयर र नगद लाभांश बितरण गरिने बैंकले जनाएको छ ।
८ अर्ब ९२ करोड चुक्ता पूँजी भएको लक्ष्मी बैंकले गत बर्ष १ अर्ब ५७ करोड रुपैंयाँ खुद नाफा कमाएको थियो ।