काठमाडौं । नेपाल बंगलादेश बैंकले गत आर्थिक बर्षको खुद नाफाबाट आफ्ना सेयरधनीलाई १२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको ३ सय ४७ औं बोर्ड बैठकले उक्त प्रस्ताव गरेको हो ।
कुल लाभांश मध्ये ५ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव बैंकले गरेको हो । नेपाल राष्ट्र बैंक र बंगलादेश बैंकको आगामी साधारण सभाले पारित गरेपछि लाभांश बितरण योग्य हुनेछ ।
५ प्रतिशत बोनस सेयर पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ८ लाखबाट बढेर ८ अर्ब ४८ करोड रुपैंयाँ पुग्नेछ । गत बर्ष बैंकले १ अर्ब ६१ करोड रुपैंयाँ खुद नाफा कमाएको थियो ।