काठमाडौं । धरहरा ढल्नु अघि त्यसको संचालन जिम्मेवारी लिएको ठेकेदार कम्पनीले महानगरपालीका विरुद्ध ४० करोड रुपैयाँ क्षतिपूर्ति मागगर्दै मुद्दा हालेको छ । धरहरा सञ्चालन तथा व्यवस्थापनको जिम्मा लिएको ठेकेदार कम्पनीले भुकम्प गएको ४ वर्षपछि मुद्दा हालेको हो ।
काठमाडौं महानगरपालीका र साइड वाकर्स बीच धरहराको व्यवसायिक प्रयोजनका लागि २०६१ सालमा सम्झौँता भएको थियो । ठेकेदार कम्पनीले धरहरा ढलेपछि महानगरपालीकाले एकतर्फी रुपमा सम्झौता रद्द गरेको आरोप लगाएको हो ।
ठेकेदार कम्पनीले गरेको मुद्दाको विषयमा महानगरपालीकाका मेयर विद्या सुन्दर शाक्यले केही भन्न चाहेनन् ।
‘अहिल्यै यस विषयमा केही भन्न सक्ने अवस्था छैन, २/३ दिन पछि यस विषयमा छलफल हुने र त्यसपछि आफुले बोल्न सक्ने छु’ शाक्यले चाणक्य पोष्टसँग भने ।
कम्पनीले धरहरा ढलेपछि पनि त्यहाँ वरपर रहेका सटरहरु भाडमा लगाएर आम्दानी गर्दै आएको थियो । तर, अहिले धरहरा पुनःनिर्माण सुरु भएसँगै उक्त कम्पनीले मुद्दा हालेको हो ।