बैंकबाट कर्जा लिएर पहिलो घर किन्नेलाई धितोको ७० प्रतिशतसम्म कर्जा

काठमाडौं । यदि तपाई पहिलो पटक घर किन्न ऋण खोज्दै हुनुहुन्छ भने तपाईले धितो मुल्याङकनको ७० प्रतिशतसम्म कर्जा सुविधा पाउने हुनु भएको छ ।

 

नेपाल राष्ट्र बैंकले घरजग्गामा गर्दै आएको कडाइलाई कम गर्न शुक्रबार पुरानो नीति परिवर्तन गर्दै राहत प्याकेज घोषणा गरेको हो ।
यसअघिको घरजग्गा तथा रियलस्टेट कर्जा सम्बन्धि ब्यवस्थामा परिमार्जन गर्दै केन्द्रिय बैंकले धितो मूल्यांकनको ७० प्रतिशतसम्म कर्जा दिन पाइने व्यवस्था गरेको हो ।

 

यसअघिको व्यवस्था अनुसार उपत्यका भित्र धितो मुल्याङकनको ५० र उपत्यका बाहिर ६० प्रतिशतसम्म ऋण पाइने व्यवस्थालाई परिमार्जन गर्दै ७० प्रतिशतसम्म ऋण दिन पाइने व्यवस्था गरेको हो । तर त्यसमा १ करोड ५० लाख रुपैयाँभन्दा बढि कर्जा हुन नहुने जनाइएको छ ।
केन्द्रिय बैंकले कसले कर्जा पाउने छन् भन्ने विषयमा पनि सर्त राखेको छ। यसरी किन्ने घर ३ हजार वर्गफिटभन्दा ठूलो हुनु हुँदैन भने कर्जा लिने मानिस आफैँले उक्त घर प्रयोग गर्नु पर्नेछ ।

 

सथै मासिक किस्ता बन्दीमा कर्जा लिदाँ ब्याजदर बढेपनि उसको मासिक किस्ता रकम भने बढाउन नपाईने व्यवस्था गरिएको छ ।

निर्यातमा आशलाग्दो संकेत, यी हुन् धेरै निर्यात भएका ७ वस्तुहरु Read Previous

निर्यातमा आशलाग्दो संकेत, यी हुन् धेरै निर्यात भएका ७ वस्तुहरु

मोवाइलमा रिङ बज्दापनी लाग्छ शुल्क ! Read Next

मोवाइलमा रिङ बज्दापनी लाग्छ शुल्क !