काठमाडौं । झन्डै एक क्वीन्टल सुन काण्डमा संलग्न रहेको आरोपमा व्यापारी राकेश अडुकियाका छोरा रोहन अडुकिया पक्राउ परेका छन् ।
भारतको नयाँ दिल्ली हुँदै नेपाल आएका उनलाई प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
उनलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । १ क्वीन्टल बढी सुन तस्करी प्रकरणमा रोहनका बुवा राकेश अडुकिया माथि अनुसन्धान जारी छ । उनी हाल प्रहरीको खोजी सूचीमा रहेका छन् ।