थप ३ ब्रोकरले पाए लाइसेन्स

काठमाडौं। थप तीन वटा धितोपत्र दलाल (ब्रोकर)ले संचालन इजाजत (लाइसेन्स) पाएका छन् ।

बोर्ड सञ्चालक समितिको साउन २४ गते बसेको बैठकले थप तीन कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको हो।

बोर्डका अनुसार लाइसेन्स पाउनेमा जेबीएनएल सेक्युरिटिज, आरबीबी सेक्युरिटिज र सीबीआइएल सेक्युरिटिज रहेका छन् ।

यी कम्पनीले बोर्डबाट सीमित कार्य गर्ने ब्रोकरको लाइसेन्स पाएको बोर्डले जनाएको छ ।

बोर्डले यसअघि पटक पटक गरेर डेढ दर्जन नयाँ ब्रोकरलाई लाइसेन्स दिएको थियो । लाइसेन्स पाएकामध्ये ७ वटाले सेयर कारोबार समेत सुरु गरिसकेका छन् भने अन्य ब्रोकर पनि तयारीमा छन् ।

१ क्वीन्टल सुन प्रकरण : व्‍यापारी राकेश अडुकियाका छोरा पक्राउ Read Previous

१ क्वीन्टल सुन प्रकरण : व्‍यापारी राकेश अडुकियाका छोरा पक्राउ

एनआइसी एशियाले ल्यायो ३ नयाँ कर्जा योजना, घर र सेयर किन्न १२ करोडसम्म दिने Read Next

एनआइसी एशियाले ल्यायो ३ नयाँ कर्जा योजना, घर र सेयर किन्न १२ करोडसम्म दिने