सिम्रिक एयरका हेलिकप्टर उडानमा रोक

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा रोक लगाएको छ।

पटक-पटक ताकेता गर्दा पनि सिम्रिकले तिर्नुपर्ने बक्यौता नतिरेपछि प्राधिकरणले शुक्रबारदेखि सबै हेलिकप्टर उडानमा रोक लगाएको हो।

विमानस्थल सेवा शुल्क नियमावली २०७८ को व्यवस्थाअनुसार सिम्रिक एयरको सम्पूर्ण उडानहरू रोक लगाइएको प्राधिकरणले जनाएको छ ।

सिम्रिकले प्राधिकरणलाई ४६ लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी छ। हाल सिम्रिक एयरले ४ वटा हेलिकप्टरमार्फत उडान गर्दै आइरहेको छ।

चीनको केरुङ जान ट्रक चालकलाई प्रवेश पत्रको व्यवस्था गरिने Read Previous

चीनको केरुङ जान ट्रक चालकलाई प्रवेश पत्रको व्यवस्था गरिने

रिलायबल लाइफको प्रिमियममा आइपीओ भर्ने आज अन्तिम दिन Read Next

रिलायबल लाइफको प्रिमियममा आइपीओ भर्ने आज अन्तिम दिन